ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोली र व्यवहार सम्हाल्न नजान्दा मन्त्री पद गुमाउने ४ जना नेताहरु


एबीसी न्यूज
८ श्रावण २०७५, मंगलबार   ६ : ५५   बजे

काठमाडौं, ८ साउन । साउन ४ गते काठमाडौंको एउटा विद्यालयमा भएको कार्यक्रमलाई सम्बोधनमा गर्ने क्रममा भाषण गर्ने बेला मिलाएर बोल्न नजान्दा आज मंगलबार कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सपथ लिएको ४ महिना ८ दिनमा तामाङले मन्त्री पदबाट बिदा भएका छन् ।
बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै चर्को आलोचना भएपछि उन राजीनामा दिएका हुन।

तामाङको अभिव्यक्तिले सरकार र पार्टीलाई नै जोडेर बदनाम गर्ने प्रयास भएका भन्दै नेकपाका शीर्ष नेताहरुले सोमबार साँझ मन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएका थिए । पार्टीका शीर्ष नेताहरुको निर्देशनपछि उनी राजीनामा दिन बाध्य भए ।

तामाङले कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफू सधैं नेपाली महिलाको सम्मानमा आँच आउन नदिने कुरामा सजग रहेको बताए । पत्रकार सम्मेलनमा निकै भावुक हुँदै तामाङले आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गरिएको पनि दावी गरे ।

तामाङले बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्ने नेपाली छात्राहरूले सर्टिफिकेट लिनका लागि शरीर सुम्पनुपरेको कुरा आफ्नो भाषणमा जोडेका थिए ।  नैतिकताका आधारमा राजीनामा दिएपछि उनको प्रशंसा सुरु भएको छ ।

यसअघि पनि बोली र व्यवहारका कारण केही नेताले मन्त्री पदबाट गुमानु परेको छ ।

हरि पराजुली

२०७२ असार १५ का दिन राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा सरकारले मन्त्रीको उपस्थितिमा रोपाइँ कार्यक्रम आयोजना गरेको थियो । त्यतिबेला कृषिमन्त्री हरि पराजुली । उनी धान दिवस मनाउन काठमाडौंको मूलपानी पुगे र त्यहाँ रोपाइँ कार्यक्रम उदघाटन सकेपछि मन्त्री पराजुलीले रोपाइँ गरिरहेका महिलालाई छोएर हिलो खेलेको भिडियो भाइरल नै बन्न पुग्यो ।
महिलामाथि अश्लील हर्कत गरेको आरोप लाग्यो । सामाजिक सञ्जालमा पराजुलीको राजीनामा मात्रै होइन, हदैसम्मको कारबाहीको माग गरियो । चौतर्फी दबावपछि उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा बोलाएर स्पष्टीकरण सगै, राजीनामा दिन दबाब दिए ।
त्यसको केही दिनभित्रै पराजुलीले पदबाट राजीनामा दिए।

शरतसिंह भण्डारी


२०६८ सालमा तत्कालीन माओवादीका नेता डा.बाबुराम भट्टराई नेतृत्वमा रहेका सरकारका रक्षा मन्त्री शरतसिंह भण्डारीले २२ जिल्लाले निर्णय गरे तराई नेपालबाट छुट्टिन कसले रोक्छ भन्ने अभिव्यक्ति दिएपछि विवादमा तानिए ।
०६८ असोज १ गते दिएको त्यही अभिव्यक्तिले त्यसको एक महिनापछि कात्तिक २ गते भण्डारीले मन्त्री पदबाट हात धुनुपर्यो ।

तत्कालीन फोरम लोकतान्त्रिक पार्टीले उहाँलाई रक्षामन्त्रीबाट फिर्ता बोलायो । देश नै टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै उनको चर्को आलोचना भएको थियो ।

मातृका यादव


वर्तमान सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव पनि एकपटक यसअघि बर्खास्तीमा परेका थिए । २०६४ सालमा वनमन्त्री हुँदा वातावरण विनाश हुनेगरी अवैध ढुंगाखानी सञ्चालन गर्नेमाथि कारबाही नगरेको भन्दै उनले ललितपुरका तत्कालीन स्थानीय विकास अधिकारीलाई मन्त्रालयकै शौचालयभित्र थुनेका थिए । यो घटनापछि उहाँ एकाएक चर्चामा आए।
लगत्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवादका कारण यादव मन्त्रीबाट बर्खास्तीमा परे । कोइरालासँग विवाद भएपछि तत्कालीन माओवादीले यादवलाई मन्त्रीबाट फिर्ता बोलाउनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group