ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महालेखा परीक्षकको कार्यालय कडा हुनुपर्नेः राष्ट्रपति भण्डारी


admin
१५ असार २०७४, बिहिबार   ३ : ३३   बजे

काठमाडौँ, १५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राजस्व, ऋण, अनुदानबाट प्राप्त सहयोग अनुशासित रुपमा खर्च गराउन महालेखापरीक्षकको कार्यालयले कडा रुपमा काम गर्नुपर्ने बताउनुभएको छ ।

महालेखा परीक्षकको कार्यालयको ५९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वित्तीय अनुशासनहीनतामा चुप लागेर बस्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताउनुभयो ।

“प्रत्येक वर्ष बेरुजु कहालीलाग्दो रुपमा बढिरहेको छ, वित्तीय अनुशासन कायम गर्न बेरुजु छिटो फछ्र्योट हुनुपर्छ, आर्थिक अनियमितता र भ्रष्टाचारबाट मुक्त नभई देश समृद्ध हुँदैन, यसैले आर्थिक अनुशासन कायम गराउन कार्यालयको भूमिका महत्वपूर्ण हुन्छ” – उहाँले भन्नुभयो ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले करिब रु चार खर्ब बेरुजु फछ्र्योट गर्न तत्काल काम सुरु गर्ने प्रतिबद्धता जनाउनुभयो । “नयाँ सङ्घीय संरचनाअनुसार आगामी आवदेखि स्थानीय तहमा धेरै बजेट जाँदैछ, यो बजेटमा आर्थिक अनुशासन कायम गर्न कार्यालयको भूमिका महत्वपूर्ण हुन्छ” – उहाँले भन्नुभयो ।

महालेखा परीक्षक टङ्कमणि शर्माले कार्यालयको ५४औँ वार्षिक प्रतिवेदनमा रु तीन खर्ब ९६ अर्ब २५ करोड बेरुजु देखिएको जानकारी दिनुभयो । “५४औँ प्रतिवेदनमा चार हजार ७८६ कार्यालयको लेखापरीक्षण गरिएको थियो, ५५औँ प्रतिवेदनका लागि पाँच हजार ५०० कार्यालयको लेखापरीक्षण गर्नुपर्नेछ” – उहाँले भन्नुभयो ।

वर्षौंदेखिको बेरुजु फछ्र्योट गर्नु चुनौती बनेको कार्यालयले जनाएको छ । कार्यालयले यस वर्षदेखि सामाजिक लेखापरीक्षण र सामूहिक लेखापरीक्षणको अवधारणा पनि ल्याउने भएको छ ।

सो अवसरमा पूर्व महालेखा परीक्षक भानुप्रसाद आचार्यलाई सम्मान गरिएको थियो । यसैगरी ‘नेपालको सङ्घीय शासन प्रणालीमा महालेखा परीक्षक कार्यालयको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने क्रमशः वैभवदेव श्रेष्ठ, एस पोखरेल ‘शिव’ र लेखबहादुर थापालाई रु १५ हजार, रु १० हजार र रु पाँच हजार तथा प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा यस वर्ष कार्यालयमा उत्कृष्ट कार्यसम्पादन गर्नुहुने निर्देशक शिवराम गुरुङ, लेखा परीक्षकहरु सविना चित्रकार, कुमार चित्रकार, शिवहरि पोखरेल र मधुसूदन महत तथा सवारी चालक सूर्यबहादुर तामाङलाई रु पाँच हजार नगदसहित सम्मान गरिएको थियो ।

विसं २०१६ असार १५ गते चन्द्रबहादुर थापालाई पहिलो महालेखा परीक्षक नियुक्त गरिएको सम्झनामा यस दिन कार्यालयको वार्षिकोत्सव मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China, Indonesia Pledge Strengthened Cooperation Amid Global Uncertainty

China’s Early Rice Output Remains Stable Despite Weather Challenges

Several Injured in Sword Attack at Swedish High School

Trump’s ‘Economic D-Day’ Threat Met With US Market Losses

Chinese State Councilor Pushes For Accelerated Youth Football Development

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu