ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकको कार्यभार विकास र समृद्धि : प्रवक्ता श्रेष्ठ


एबीसी न्यूज
१२ श्रावण २०७५, शनिबार   ३ : २१   बजे

बर्दिवास, १२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अबको मुलुकको कार्यभार विकास र समृद्धि भएको बताउनुभएको छ ।

आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पार्टीको जिल्लास्तरीय कार्यकत्र्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले सबैको योगदान समृद्धि र विकासमा केन्द्रित हुनपर्छ भन्नुभयो । सो अवसरमा पार्टीका आधारभूत तह अब चाँडै एकिकरण हुने जानकारी पनि श्रेष्ठले दिनुभयो ।

प्रवक्ता श्रेष्ठले भन्नुभयो, “मधेसका मुख्य मुद्दा ठम्याउनोस्, ती मुद्दाको सम्बोधनका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारलाई घच्घच्याउनुहोस् ।” मधेशका सर्वसाधारण जनताको मुद्दा अहिले आफ्नो पार्टीले उठाएर सम्बोधन गर्न सके ठोस् उपलब्धि हुने उहाँको भनाइ थियो ।

राजनीति र अवसरसँग जोडिएका मधेशका धेरैजसो मुद्दा अब राष्ट्रिय सरोकारका विषय बनिसकेको श्रेष्ठको भनाइ छ । मुलुकको विकास र समृद्धिको अभियानको थालनी मधेशबाटै थालिए लक्ष्य छिट्टै भेटिने श्रेष्ठले बताउनुभयो ।

अहिले संघीय, छ वटा प्रदेश र बहुसंख्यक स्थानीय तहमा पार्टीको नेतृत्वको सरकार भएकाले काम गरेर देखाउन उपयुक्त अवसर भएको श्रेष्ठले बताउनुभयो । विपक्षी दललाई फु गरेर ढल्ने सरकारझै गरी अनावश्यक खोचे थाप्ने र बखेडा ओछ््याउने काममा नलागी रचनात्मक विपक्षीको भूमिका देखाउन श्रेष्ठले आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्य, जिल्लाका सबै स्थानीयतहमा तत्कालीन एमाले र माओवादी केन्द्रमा आवद्ध कार्यकत्र्ता र जनवर्गीय संगठनका नेताको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

भोटेकोशीको भीषण बाढीले रसुवा तहसनहस, दुई बजार र भन्सार क्षेत्र बगायो (भिडियो)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Fire Kills At Least 15 Newborns in Pakistan Hospital

Dozens Killed in Sudan’s Kordofan Province Amidst Rebel Attacks

Ukrainian Mob Attacks Conscription Vehicle Amid Growing Resistance

भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

Nepal’s Prime Minister Shah to Face Parliament Questions Today

भोटेकोशीको भीषण बाढीले रसुवा तहसनहस, दुई बजार र भन्सार क्षेत्र बगायो (भिडियो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu