ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेक रेस्क्यु : कारवाहीको जिम्मा गृहलाई, पर्यटकलाई खानामा विष मिसाएर बिरामी बनाउनेदेखि उपचार नै नगराई बीमा रकम दावी गर्नेसम्मका बदमासी


एबीसी न्यूज
१४ श्रावण २०७५, सोमबार   ७ : ५६   बजे

काठमाडौं, १४ साउन । पदयात्रामा गएका पर्यटकलाई अनेक डर देखाएर हेलिकप्टरमार्फत उद्धार गर्ने र अस्पतालमा भर्ना गर्ने र रकम असुल्ने ‘फेक रेस्क्यु’ का बारेमा अध्ययन गर्न गठित कार्यदलले आफ्नो सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

प्रतिवेदनमा पर्यटकलाई खानामा विष मिसाएर बिरामी बनाउनेदेखि उपचार नै नगराई बीमा रकम दावी गर्नेसम्मका बदमासी भएको प्रतिवेदनमा उल्लेख छ । पर्यटकको नक्कली उद्धारका कारण एकातिर पर्यटकले दुःख पाएको र अर्कातिर नेपालको पर्यटन क्षेत्रबारे अन्तर्राष्ट्रिय क्षेत्रमा नराम्रो सन्देश गएको भन्दै गएको जेठ २१ गते संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।
एवीसी टेलिभिजनले नेपालमा फेक रेस्क्यु को धन्दा बारे बीग न्यूज प्रशारण गरेको थियो ।

कार्यदलले पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई बुझाएको ७ सय पृष्ठ लामो सुझावमा संकटमा परेका पर्यटकलाई नेपाल प्रहरीले मात्रै उद्धार गर्ने र हेलिकप्टर तथा अस्पतालबाट दररेट लिएर पर्यटकको इच्छा अनुसारको अस्पतालमा पुर्‍याउने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

सुझावको तत्कालीन सुधार उद्धारको पहिलो विकल्पमा नेपाल प्रहरीले मात्रै पर्यटकको उद्धार गर्ने र प्रहरी कल्याणकोषबाट खर्च गरेर न्यूनतम सेवा शुल्कसहित बीमा दावी गरेर शोधभर्ना लिने पनि उल्लेख छ । यसका लागि पर्वतारोहण तथा पदयात्रा खोज तथा उद्धार सम्बन्धी कार्यविधि २०७५ लाई १५ दिनभित्र लागू गर्नु पर्ने पनि कार्यदलले सुझाएको छ ।

यस्तै तत्कालीन सुधारको लागि उद्धारको दोस्रो विकल्पमा हरेक वर्ष सेप्टेम्बरदेखि नोभेम्बरसम्म ३ महिना र मार्चदेखि मेसम्मको ३ महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक उद्धार समन्वय कक्ष बनाउने, टोल फ्रि नम्बर राख्ने र त्यसैमार्फत उद्धारको सूचना प्रहरीले नै पाउनुपर्ने उल्लेख छ । समन्वय कक्षको सहमतिमा मात्रै उद्धार तथा उडानका कार्य गर्नुपर्ने पनि सुझावमा उल्लेख छ ।

यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टरको अधिकतम भाडा तोक्नुपर्ने पनि कार्यदलले सुझाव दिएको छ । उद्धार र उपचार गराएका पर्यटकको विवरण अध्यागमन विभागमा बुझाउनुपर्ने र ३ हजार मिटर भन्दा अग्लो उचाइमा पदयात्राको लागि अनिवार्य गाइड राख्नुपर्ने पनि सुझावमा उल्लेख छ ।

दीर्घकालीन सुझाव

कार्यदलले उद्धारको नाममा हुने बदमासी रोक्न दीर्घकालीन सुझाव पनि दिएको छ । पर्यटन नीति २०६५ मा भएका व्यवस्था कार्यान्वयन गर्ने र थप सुधार गर्ने उल्लेख छ ।

यसका लागि उच्चस्तरीय संकट व्यवस्थापन निर्देशक समितिको व्यवस्था गने,उद्धार कोष खडा गर्ने र त्यसको लागि पर्यटकबाट थप १० डलर उद्धार कोषमा जम्मा हुने गरि संकलन गर्नुपर्ने, ३ वर्षभित्र सबै उद्धार खर्च कोषबाट गर्ने र बीमा रकम दावी गर्ने पनि सुझावमा उल्लेख छ । यसको व्यवस्थापन पनि प्रहरीलाई दिन उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ ।

उद्धारमा देखिएका विकृति र गर्नुपर्ने कारबाही

कार्यदलले पर्यटक उद्दारमै चरम लुट भैरहेको निष्कर्ष निकालेको छ । पर्यटकलाई विरामी बनाउन खानेकुरामा पनि मिसावट गर्ने, एउटै उडानमा धेरै पर्यटक ल्याउने तर प्रत्यक पर्यटकको छुट्टै बिल बनाएर धेरै रकम असुल्ने गरेको कार्यदलले जनाएको छ ।

यस्तै बिरामी पर्यटकलाई औषधि पनि नगराउने तर बिल ल्याएर बीमा कम्पनीमा दावी गर्नेसमेत भेटिएको कार्यदलले जनाएको छ ।

यस्तै विदेशी मुद्राको कारोबार स्वीकृति नलिएको तर पर्यटक उद्धार गर्दा डलरमा भुक्तानी मागेको भन्दै ५ वटा कम्पनीलाई कारबाहीको सिफारिस गरिएको छ । एजेन्टको मिलेमतोमा अत्यन्तै महंगो शुल्क लिने ५ वटा अस्पताललाई पनि कारबाहीका लागि भनिएको छ ।

कार्यदलले १० वटा हेलिकप्टर कम्पनी, ६ वटा अस्पताल, ३६ वटा ट्राभल तथा ट्रेकिङ कम्पनीहरुका विवरण अध्ययन गरेर अत्याधिक नाफाको लागि उच्च मुल्यमा उद्धार गरेर बीमा दावी गर्ने ८ वटा ट्राभल कम्पनी, ४ वटा अस्पताल, र ४ वटा हेलिकप्टर कम्पनीलाई राजश्व चुहावट अनुसार कारबाही गर्न सिफारिस गरिएको छ ।

यस्तै नेपालमा रहेका हेलिकप्टर कम्पनीको चार्टर उडान र अन्य उडान गर्दा उद्धार उडान भएको भन्दै छुट लिए/नलिएको, चल्तीको भाडा भन्दा धेरै लिए/नलिएकोलगायतका विषयमा छानविन गर्न पनि कार्यदलले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group