ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छक्का पञ्जा ३ को ‘पहिलो नम्बर’सार्वजनिक तोड्न सकेन ‘रुपै मोहनी’को रेकर्ड


एबीसी न्यूज
१५ श्रावण २०७५, मंगलबार   ३ : ३७   बजे

काठमाडौं, १५ साउन । दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा‘ छक्का पञ्जा ३’को पहिलो गीत ‘पहिलो नम्बरमा’हिजो सोमबार सार्वजनिक गरिएको छ ।

‘छक्का पञ्जा २’ मा गीत चोरेको आरोप बेहोरेको निर्माण टिमले यो गीतबाट सकारात्मक प्रतिकृया पाइरहेको छ जसले काममा थप हौसला र उर्जा प्रदान गरेको छ । सार्वजनिक भएको गीतले दर्शकको माया पाइरहेको देखेर निर्माण पक्ष निकै खुशी देखिएको छ ।

नेपाली युट्युब संस्करणको ट्रेण्डिङ १० मा आइपुगेको यो गीतलाई युट्यूबमा २४ घण्टामा ८ लाख ८ हजार पटक हेरिएको छ । सोमबार दिउँसो २ बजेर ३५ मिनेटमा सार्वजनिक गरिएको यो गीतलाई २४ घण्टामा यति भ्यूज मिलेको हो जुन समान्यतया धेरै मानिन्छ ।

तर यस गीतले छोटो समयमा धेरै पटक हेरिने गीतको रेकर्ड भने राख्न सकेको छैन । यस अघि सिनेमा‘शत्रु गते’को गीत‘रुपै मोहनी’ले राखेको रेकर्ड यसले तोड्ने धेरैको अनुमान थियो । तर त्यो अनुमान अनुमानमै सीमित भएको छ ।

‘शत्रु गते’को रुपै मोहनीले २४ घण्टामा ८ लाख ३२ हजार भन्दा धेरै पटक हेरिने गीतको रेकर्ड बनाएको छ ।

जुनअहिले सम्मको इतिहासमा धेरै हो । यसअघि सिनेमा ‘छक्का पञ्जा २’ मा समावेश ‘नाइलनको साडी’लाई पनि २४ घण्टामा ८ लाख १६ हजार पटक हेरिएको थियो ।

राजेन्द्र थापाका शब्द र दीपक शर्माको संगीत रहेको ‘पहिलो नम्बर’मा डेबिड शंकर र बिन्दु परियारको आवाज रहेको छ ।

गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने पुरुषोत्तम प्रधानले गीतको छायाकंन गरेका हुन् । गीतमा सिनेमाका प्रायः कलाकारलाई फिचर गरिएको छ ।

दसैंको अवसर पारेर प्रदर्शनमा आउने यस सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईँ, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुराग क्वँर, शारदा गिरी, संजोग कोइराला, वसन्त भट्टलगायतका कलाकारको अभियन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group