ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिष मिसाइ चिया खुवाएर हत्या


एबीसी न्यूज
१५ श्रावण २०७५, मंगलबार   ४ : २०   बजे

डोल्पा, १५ साउन। बिष खुवाएर हत्या गर्ने एक जना हत्यारा पक्राउ गरि प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। जाजरकोट कुशे गाउपालिका ५ जहरगाँउ ढिमेका १७ वर्षीय प्रकाश सिंहलाइ बिष खुवाएर हत्या गरेको आरोपमा पक्राउ गरि प्रहरीले सोमबार सार्वजनिक गरेको हो।

यहि श्रावण ११ गते डोल्पाको हिमाली पाटनमा पाइने बिख (बिष) को झोल बनाइ नुन चिया (भोटेचिया) मा मिसाएर खुवाउदा जगदुल्ला गाउपालिका २ का वर्ष ३० का दर्शन बुढाथोकीको मृत्यु भएको थियो।

त्यसका साथै उक्त बिख हालेको चिया खादा ४३ वर्षका झलकमान घर्ति भन्ने ईन्द्रजित जिसी र बर्ष ४५ की चन्द्रकुमारी बुढाथोकी अचेत अबस्थामा रहेका छन्।

घटना घटेको केहि घण्टामै आफन्तले जिल्ला प्रहरी कायालयमा जाहेरी गरेपछि अभियुत्त प्रकाश सिंहलाइ मुड्केचुला गाउपालिकाको प्रहरी चौकी इलले हुलियाको आधारमा १२ गते बिहान पक्राउ गरि जिल्लामा ल्याएको थियो।

जिल्ला प्रहरी कार्यालय डोल्पामा बयान लिदा अभियुक्त प्रकाश सिंहले मृतक दर्शन बुढाथोकीलाइ मार्ने उदेश्य नभएर होटेल साउनी चन्द्रकुमारी बुढाथोकीलाइ मार्न विष प्रयोग गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए।

होटलकी साहुनी चन्द्रकुमारी बुढाथोकीले आफुलाई अपाच्य शब्द प्रयोग गरि तथानाम गाली गरेको कारण असैह्य भएकोले चन्द्रकुमारीलाई कुनैपनि हालतमा मार्न तयारीका साथ भोड्का बोतलमा बिख (बिष) घोलेर नुन चिया(भोटेचिया)मा मिसाएर खुवाउदा बुढाथोकीको मृत्यु भएको प्रकाशले स्वीकार गरेको डिएसपी शर्माले बताए।

हाल बिष खाएर बिरामी भएका चन्द्रकुमारी र झलक कोहलपूर मेडिकल बकलेजमा उपचारमा रहेका छन भने मृतक दर्शन बुढाथोकीको आइतबार मात्र पोष्टमार्टम गरि दाहसंस्कार गरिएको मृतकका आफन्तले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group