काठमाडौं, ७ भदौं । पाँच दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहिबार मात्र भेटवार्ता गर्ने स्क्याजुएल बनेको थियो । तर, प्रधानमन्त्री देउवा दिल्ली ओर्लेको केही समयमा दुई समकक्षीबीच विशेष भेटवार्ता भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार नै ‘सरप्राइज’ भेट दिएका हुन । पाँच दिवसीय भ्रमणमा दिल्ली गएका प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच औपचारिक भेटको कार्यक्रम भने विहीबारका लागि राखिएको छ । विहीबार औपचारिक र महत्वपूर्ण भेटवार्ता र केही महत्वपूर्ण समझदारी पनि हुने जनाइएको छ ।
मोदीले देउवालाई गरेको भेटलाई ‘वार्मअप’ भेट भनिएको छ । प्रधानमन्त्री देउवासँग भेट गरेपछि मोदीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरी छिमेकी मुलुकका प्रधानमन्त्रीलाई स्वागत गर्न पाएको भन्दै खुशी ब्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले विहीबार महत्वपूर्ण भेट हुने भन्दै ट्वीट गरेका छन् ।
प्रधानमन्त्री देउवाको औपचारिक भेटघाट भने बिहीबार बिहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’को सम्मान लिएपछिमात्र सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्