ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउथ इण्डियन फिल्मका १० हिरोइन जो दक्षिण भारतका होइनन्


एबीसी न्यूज
१९ श्रावण २०७५, शनिबार   ३ : ५३   बजे
आउनुहोस् साउथ इण्डियन फिल्मका १० हिरोइनको बारेमा जानौं जो दक्षिण भारतीय होइनन् तर पनि दक्षिण भारतीय फिल्ममा सुपरस्टार छन् ।

१. तापसी पन्नु (दिल्ली):

मोडलिङबाट अभिनयमा आएकी तापसी मूल रुपले दिल्लीकी हुन् । तापसीले बलिउडमा पनि काम गरेकी छिन् । बलिउडमा चश्मेबद्दुरबाट डेब्यू गरेकी तापसीले अक्षय कुमारसँग बेबी, नाम शबाना लगायत फिल्ममा समेत काम गरेकी छिन् ।

२. नमिता (सूरत, गुजरात):

 

नमिता १० मे १९८१ मा गुजरातको सूरतमा जन्मिएकी हुन् । नमिताले २००२ मा तेलुगु फिल्म सोंथमबाट डेब्यू गरेकी थिइन् ।

३. हंसिका मोटवानी (मुम्बइ):

१० वर्षको उमेरमा ‘शाकालाका बूम बूम’ बाट टिभीमा डेब्यू गरेकी हंसिका ९ अगष्ट १९९१ मा मुम्बइमा जन्मिएकी हुन् । उनले हिमेश रेशमियाँको फिल्म आपका सुरुरबाट हिरोइनको रुपमा डेब्यू गरेकी थिइन् । उनले कन्नड, तमिल, तेलुगु भाषामा २६ भन्दा बढी फिल्म गरिसकेकी छिन् ।

४. इलियाना डिक्रुज (पुणे महाराष्ट्र):

१ नोभेम्बर १९८७ मा पुणेमा गोवानी क्याथोलिक परिवारमा जन्मिएकी इलियानाको मातृभाषा कोंकणी हो । उनले २००६ मा देवदासूबाट डेब्यू गरेकी हुन् । २०१२ मा अनुराग वासुको फिल्म बर्फीबाट बलिउड डेब्यू गरेकी इलियाना दक्षिण भारतमा चर्चित हिरोइन हुन् ।

५. काजल अग्रवाल (मुम्बइ):

बलिउडमा अजय देवगनसँग सिंघममा काम गरिसकेकी काजल दक्षिण भारतमा तुलुगु फिल्ममा सक्रिय छिन् । १९ जून १९८५ मा काजलको जन्म मुम्बइमा भएको थियो । काजल दक्षिण भारतमा धेरै पारिश्रमिक लिने हिरोइनमा गनिन्छिन् । उनले जनता ग्यारेजमा आइटम नम्बरको लागि ५० लाख लिएकी थिइन् ।

६. तमन्ना भाटिया (मुम्बइ): 

२१ डिसेम्बर १९८९ मा मुम्बइमा जन्मिएकी तमन्ना दक्षिण भारतमा टप हिरोइनमा गनिन्छिन् । एकपछि अर्को ब्लकबस्टर फिल्म दिएकी तमन्ना साउथ इण्डियामा आइटम नम्बरकै लागि १ करोड लिन्छिन् । उनले स्पिडोन्नुडुमा आइटम डान्सकै लागि १ करोड लिएकी थिइन् ।

७. चर्मी कौर (पंजाब):

चर्मी कौरको जन्म १७ मे १९८७ मा पंजाबी शिख परिवारमा भएको थियो । उनको पढाइ भने मुम्बइमा गरिन् । उनी तेलुगु फिल्ममा सक्रिय छिन् । चर्मीले शाहिद कपुरको फिल्म आर राजकुमारमा पनि आइटम डान्स गरेकी छिन् ।

८. नेहा शर्मा (भागलपुर, बिहार):

बिहारको भागलपुरमा जन्मिएकी नेहा शर्माले दिल्लीबाट फेशन डिजाइनिङ कोर्स गरेकी छिन् । उनका पिता भागलपुरमा कांग्रेस पार्टीबाट विधायक छन् । नेहाको डेब्यू फिल्म चिरुथा थियो जसमा उनी राम चरणको अपोजिट देखिएकी थिइन् ।

९. भूमिका चावला (दिल्ली):

 सलमान खानसँग फिल्म तेरे नामबाट चर्चित भएकी तेलुगु हिरोइन भूमिका चावलाको जन्म २१ अगष्ट १९७८ मा दिल्लीमा एक पंजाबी परिवारमा भएको थियो । उनले २००० मा तेलुगु फिल्म युवाकुडुबाट डेब्यू गरेकी हुन् ।

१०. जेनेलिया डिसुजा (मुम्बइ): 

५ अगष्ट १९८७ मा मुम्बइमा जन्मिएकी जेनेलिया डिसुजा पनि साउथ फिल्ममा चर्चित छिन् । एक समय उनका फिल्मलाई साउथमा प्रतिबन्ध लगाउनुपर्ने आवाजसमेत उठेको थियो । २०१० मा श्रीलंकामा भएको आइफा अवार्ड साउथ इण्डियन स्टारहरुले बहिष्कार गरेका थिए । २००९ मा भएको हिंसामा कैयौं तमिल नागरिक मारिएको विरोधमा उनीहरुले यस्तो गरेका थिए । तर जेनेलिया त्यतिबेला रितेश देशमुखसँग अवार्ड कार्यक्रममा गएपछि उनको फिल्मकै विरोध भएको थियो । जेनेलियाले अहिले रितेशसँग बिहे गरिसकेकी छिन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group