ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोरठीगीत संरक्षणमा गाउँले


एबीसी न्यूज
२० श्रावण २०७५, आइतबार   ४ : ००   बजे

बागलुङ, १९ साउन  । मौलिक लोकलयमा आधारित सोरठीगीत संरक्षणमा गाउँले जुटेका छन् । पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा मारुनी नाचसहित सोरठी गाउने चलनलाई मूर्त रूप दिन बडिगाड गाउँपालिका–१ का पाकादेखि तन्नेरीसम्म लागेका हुन् ।

मगर र गुरुङ समुदायमा बढी प्रचलित सोरठीगीत लोप हुन लागेकोे अवस्थामा संगठित पहलले नयाँ पुस्तामा पनि चासो जगाएको छ । सोरठीगीतको समूहमा ७६ वर्षीय वृद्ध कलाकारदेखि युवासम्म संलग्न छन् । गाउँलेले बनाएको ‘कला र संस्कृति संरक्षण मञ्चल’े सोरठीगीतको संरक्षण, उत्थान र प्रसारमा लागेको छ ।

मञ्चले सार्वजनिक समारोह, मेला, उत्सव र पर्वमा विभिन्न ठाउँमा पुगी सोरठीगीत प्रदर्शन गर्ने गर्छ । मञ्चका अध्यक्ष नीमबहादुर भुजेलका अनुसार मञ्च सोरठीसँगै सालैजो र झ्याउरेजस्ता मौलिक गीत, नाच पनि जोगाउने प्रयासमा छ । पुरानो संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी गराउन र तिनको संरक्षणमा प्रेरित गर्न पुराना कलाकारहरु मञ्चमा आबद्ध छन् ।

सोरठीगीतमा मूल स्वर दिने ७६ वर्षीय दुर्गाबहादुर भुजेलको गायनले मञ्चलाई उर्जा मिलेको छ । उमेरमा झैँ जोसले भरिएको मिठासपूर्ण स्वरमा भुजेलले सोरठी गाउँदा जो कोही पनि मन्त्रमुग्ध हुन्छन् । गाउन मात्र होइन नाच्न पनि तम्सिने भुजेल नै गाउँका अब्बल सोरठी गायक हुनुहुन्छ ।

नाचमा पनि दख्खल राख्ने मञ्चका संयोजक भुजेलले तन्नेरी कलाकारहरुलाई सोरठी नाच सिकाउने गर्नुहुन्छ । “हाम्लाई बूढेसकाल लाग्यो, अब नयाँहरुले नसिके संस्कृति हराउँछ,” उहाँले भन्नुभयो । भुजेलजस्तै गाउँका एकाध पाका कलाकारहरुमा मात्र पुरानो पुस्ताको संस्कृति जीवित छ । संयोजक भुजेललाई सोरठीगीतका ‘गुरुबा’ नै भनेर चिन्ने गरिएको छ । बाह्र वर्षको उमेर पहिलो पटक सोरठीमा नाचेको सम्झना उहाँलाई अझै याद छ ।

“अघिल्लो पुस्तासँगै मौलिक कला, संस्कृति हराउने डरले संरक्षणको पहलमा जुटेका हौँ,” संयोजक भुजेलले भन्नुभयो । मञ्चलाई सोरठीगीत प्रदर्शनकै लागि सदरमुकाम लगायतका विभिन्न ठाउँबाट माग आउने गरेको छ । ठाउँ–ठाउँमा लगेर देखाउँदा संस्कृति प्रसारसँगै अन्य समुदाय पनि उत्प्रेरित हुने गरेको छ ।

परापूर्वकालदेखि चल्दै आएको रीति, संस्कृति जोगाउनु सबैको कर्तव्य भएको संयोजक भुजेलको भनाइ छ । उहाँले आफ्नो पहिचान बिर्सेर पश्चिमेली सम्भता अँगाल्न खोज्नु दुःखद हो भन्नुभयो । “आधुनिकताले हाम्रो पनि कला र संस्कृति नासिँदै छ, कला, संस्कृति लोप हुँदैछ,” संयोजक भुजेलले भन्नुभयो, “संस्कृति जोगाउन सचेतपूर्वक लाग्नुपर्ने बेला आएको छ ।”

उहाँले कला, साहित्य, संस्कृति, भाषाको पढाइ विद्यालय तहदेखि नै हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । गाउँपालिकास्तरमा बनेको कला संस्कृति संरक्षण मञ्चमा २२ जना कलाकार संगठित छन् । मञ्चले कलाकार भुजेलकै स्वरमा सोरठीगीत रेकर्डसमेत गराएको छ । मञ्चले प्रस्तुतिलाई व्यस्थित र आकर्षक बनाउन एकै खाले पोशाकको समेत व्यवस्था गरेको छ ।

मञ्चले सोरठी गाएबापत रकम दान माग्नुको साटो राज्यका निकायबाटै संस्कृति संरक्षणका लागि सहयोग पु¥याइयोस् भन्ने अपेक्षा गरेको छ । देवी, देउता र पौराणिक घटना तथा कथामा आधारित रहेर सोरठी गाउने गरिन्छ । गीतमा मानिसका दुःख, वेदना, समस्यालगायत चाडबाडको शुभकामनालाई पनि लयबद्ध रुपमा प्रस्तुत गर्ने चलन छ ।

सोरठीमा गाउने र नाच्ने गरी कम्तीमा १२ जना कलाकार आवश्यक पर्ने संयोजक भुजेलले बताउनुभयो । कलाकारमा गाउने समूह, मादले, मारुनी, पुर्सुगेँ आवश्यक पर्छ । पुरुष कलाकार पनि महिलाकै भेषमा मारुनी बनेर नाच्ने परम्परा छ । मादलकै तालबाट मूल गायकको निर्देशनअनुसार अन्य कलाकारले गायनमा साथ दिने गर्छन् ।

सोरठीगीत विशेषगरी तिहारका बेला रामलीला, कृष्ण चरित्रजस्ता ईश्वरीय भक्तिगानका रुपमा गाउने प्रचलन छ । सोरठी परम्पराकालदेखि नै गाइने र नाचिने संस्कृति भए पनि पछिल्लो समय यसको उचित प्रवद्र्धन हुन सकेको छैन । संरक्षणको अभावमा सोरठीको मौलिक संगीत र लयको ज्ञान हराउने चिन्ता बढेको संस्कृतिकर्मीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu