ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आयोगले माग्यो उम्मेदवारको नमुना हस्ताक्षर


admin
९ भदौ २०७४, शुक्रबार   १ : ५७   बजे

काठमाडौ, ९ भदौ । निर्वाचन आयोगले असोज २ गते हुने दुई नम्बर प्रदेशको निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न दस्तखतको नमुना आयोगमा पेश गर्न आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहिबार बसेको बैठकले निर्णय गर्दै दलको पदाधिकारीको दस्तखतको नमुना अयोगमा पेश गर्न आग्रह गरेको हो ।
आयोगले उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलको पदाधिकारीको नाम, थर र दस्तखतको नमूना आयोग केन्द्रीय कार्यालय कान्तिपथ काठमाडौंमा भदौ १३ गतेसम्म बुझाउन दलहरुलाई भनेको छ ।
दस्तखतको नमुना आयोगमा बुझाउँदा राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णय संलग्न गराउनुपर्ने आयोग प्रबक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।
अरु केके माग्यो आयोगले ?
१.दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले सोही समितिको पदाधिकारीलाई त्यस्तो दलको तर्फबाट मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमूना आयोगमा पेश गर्न तोक्ने गरी गरेको निर्णयको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्ने ।
२. तोकिएको पदाधिकारीले मनोनयनको औपचारिक पत्र प्रमाणित गर्नका लागि सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समिति वा प्रदेश समितिको पदाधिकारीको नाम, थर, पद र दस्तखत नमूनाको सक्कलै प्रति पेश गर्नुपर्ने ।
३.मनोनयन पत्रको औपचारिक पत्र प्रदान गर्नका लागि सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समिति वा प्रदेश समितिको एक वा सोभन्दा बढी संख्यामा पदाधिकारी तोक्न सकिने र यसरी एकभन्दा बढी संख्यामा पदाधिकारी तोक्दा आयोगले निर्धारण गरेको ढाँचामा निजले औपचारिक पत्र प्रदान गर्ने अधिकार पाएको क्षेत्र प्रदेश वा जिल्ला समेत खुलाई छुट्टाछुट्टै फारम पेश गर्नुपर्ने ।
४. दलको मनोनयनको औपचारिक पत्र प्रमाणित गर्ने पदाधिकारी निर्वाचन आयोगमा अद्यावधिक गरिएको सो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समिति वा प्रदेश समितिको पदाधिकारी हुनुपर्ने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group