ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल मिडिया सोसाइटीको अध्यक्षमा एबीसी मिडिया ग्रुपका शुभशंकर कंडेल निर्वाचित


एबीसी न्यूज
२१ श्रावण २०७५, सोमबार   ७ : ४९   बजे


काठमाडौं, २१ साउन । नेपाल मिडिया सोसाइटीको अध्यक्षमा एबीसी न्युजका अध्यक्ष शुभशंकर कंडेल निर्वाचित हुनुभएको छ ।
नेपाली मूलधारका प्रकाशन गृह र स्याटेलाइट टेलिभिजनको छाता संगठन नेपाल मिडिया सोसाइटीको आज सोमवार भएको दोस्रो साधारणसभाले कंडेललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

कंडेल यसअघि मिडिया सोसाइटीको महासचिव रहनुभएको थियो । साधारणसभाले सोसाइटीको उपाध्यक्षमा सगरमाथा टिभीका अध्यक्ष निर्मल गुरुङलाई निर्वाचित गरेको छ । यसैगरी, सोसाइटीको महासचिवमा अर्थिक अभियान दैनिकका प्रकाशन तथा निर्वतमान सचिव मदन लम्साललाई महासचिव निर्वाचित गरेको छ । कार्यसमितिका अन्य पदाधिकारीहरुमा सचिवमा न्युज २४ का अध्यक्ष अनिल जोशी र कारोवार दैनिकका प्रवन्धक शिशिर भट्ट र कोषाध्यक्षमा फिल्मी टिभीकी निर्देशक निकिता पौडेल लाई निर्वाचित गरेको छ । साधारणसभामा निर्वतमान महासचिव शुभशंकर कंडेलले प्रस्तुत गरेको आगामी कार्यकालको योजना तथा विगतको समीक्षा प्रतिवेदनलाई पारित गरको छ ।

एक महिना अघि व्यत्तिगत कारणले कुनै पनि मिडिया सम्वन्धी संघसंस्थामा सहभागी नरहने भन्दै निर्वतमान अध्यक्ष पुष्करलाल श्रेष्ठले राजीनामा दिनुभएको थियो । साधारण सभाले प्राब्धान पूरा भएका सबै सञ्चारमाध्यमलाई सदस्यता दिने निर्णय गर्नुका साथै अन्य प्रसारक तथा प्रकाशसम्वन्धी संगठनहरुलाई समेत एशोशियट सदस्यका रुपमा समेट्ने प्रस्ताव समेत पारित गरेको छ ।
आगामी कार्यकालमा छिमेकी तथा अन्य देशका समकक्षी संगठनहरुसंगको सहकार्य अघि बढाउंदै दक्षिण तथा दक्षिण पूर्वी एशिया क्षेत्रमा मिडियाको विकास, समस्या र चुनौतिका विषयमा विशेष बहस, छलफल तथा कार्याशाला गोष्ठीहरु समेत गर्ने निर्णय भएको अध्यक्ष शुभशंकर कंडेल जानकारी दिनुभयो ।

साधारणसभालाई पूर्वअध्यक्ष तथा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्र्देशक कैलास सिरोहिया लगायतका व्यक्तित्वहरुले मिडियालाई स्वच्छ, स्वतन्त्र र मर्यादित व्यवसायका रुपमा अघि बढाउन सबै एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो । हाल नेपाल मिडिया सोसाइटीमा मूलधारका १७ वटा प्रकाशन तथा स्याटेलाइट टेलिभिजन प्रसारण संस्थाहरु सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group