ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात लाख पर्यटकले घुमे संरक्षित क्षेत्र


एबीसी न्यूज
२२ श्रावण २०७५, मंगलबार   ३ : ३६   बजे


काठमाडौँ, २२ साउन ।   देशका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा गत आर्थिक वर्षमा छ लाख ९९ हजार ५५२ पर्यटकले भ्रमण गरेका छन् ।

भ्रमण गर्नेमध्ये सार्कका ६९ हजार ९३५ सहित विदेशी तीन लाख २५ हजार ८५६ र स्वदेशी तीन लाख तीन हजार ७६१ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

नेपालका ११८ पारिस्थितिकीय प्रणालीमध्ये हालसम्म ८० किसिमका संरक्षित क्षेत्रमा पर्दछ । संरक्षित क्षेत्रमा पर्यटकको भ्रमणबाट सो अवधिमा  ६४ करोड ६४ लाख ७२ हजार ९९२ राजश्व आम्दानी भएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिनुभयो ।

विभागले संरक्षित क्षेत्रमा पर्यटक प्रवेश र वृत्तचित्र निर्माण शुल्कलगायत शीर्षकमा राजश्व सकंलन गर्छ । आव २०७३/७४ सो क्षेत्रमा छ लाख ४ हजार ९१ स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरे । त्यसबाट रु ५५ करोड २७ लाख ३६ हजार ५०३ राजश्व संकलन भयो । सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जबाट रु २० करोड १५ लाख आठ हजार ६८१ राजश्व आम्दानी भयो । सबैभन्दा बढी दुई लाख पाँच हजार ७४७ पर्यटकले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमण गरेको देखिन्छ ।

राष्ट्रिय वनस्पति उद्यानमा आव ०७३÷७४ मा जम्मा तीन लाख ८२ हजार ४३६ आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरे । त्यसबाट रु एक करोड ४१ लाख ७० हजार राजश्व आम्दानी भएको विभागले जनाएको छ ।

पारिस्थितिकीय प्रणालीअनुरुप वंशाणुस्रोत र जैविक विविधताको संरक्षणमा नेपाल अग्रणी मुलुक हो । मुलुकको कूल भूभागमध्ये २३.३९ प्रतिशत भाग संरक्षित क्षेत्र अवधारणा अनुरुप राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, मध्यवर्ती क्षेत्र र संरक्षण क्षेत्रजस्ता ढाँचामा व्यवस्थापन गरिएका छन् ।

हालसम्म चितवन, बर्दिया, सगरमाथा, रारा, शे–फोक्सुण्डो, लाङटाङ, मकालु बरुण, खप्तड, शिवपुरी नागार्जुन, बाँके, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्ज स्थापना भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष, ढोरपाटन शिकार आरक्ष, तथा अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गा, अपिनाम्पा, गौरीशङ्कर र कृष्णसार संरक्षण क्षेत्र स्थापना भइसकेको सूचना अधिकारी रुपाखेतीले बताउनुभयो ।

ती पर्यटन प्रवद्र्धनका हिसाबले महत्वपूर्ण क्षेत्र हुन् । नेपाल आउने विदेशी पर्यटक मध्ये ६० प्रतिशतले ती क्षेत्रको भ्रमण गर्ने गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलले संरक्षित क्षेत्रमा पर्यावरणीय सन्तुलन कायम गर्दै पर्यटन प्रवद्र्धनलाई प्रोत्साहन गर्ने नीति र योजना मन्त्रालयले अघि बढाएको बताउनुभयो ।

नेपालमा करीब छ हजार खोला र नदीनाला, ६६० तालतलैया र २४२ ठूला तथा मझौला सीमसार क्षेत्र छन् । २४२ सीमसार क्षेत्रमध्ये १० रामसार सूचीमा सूचीकृत छ । प्राकृतिक सम्पदाको संरक्षण गर्ने काममा नेपालले दक्षिण एशियामा विशिष्ट स्थान हासिल गरेको छ ।

मध्यवर्ती क्षेत्रमा स्थानीय बासिन्दालाई आवश्यक पर्ने वन पैदावारको नियमित आपूर्तिलगायत संरक्षित क्षेत्रले आर्जन गरेको आम्दानीको ३० देखि ५० प्रतिशतसम्म प्राकृतिक स्रोतको संरक्षण, आयआर्जन, संरक्षण शिक्षा र सामुदायिक विकासको लागिसमेत खर्च गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सप्तकोसीमा बाढी, ब्यारेजका २८ ढोका खोलियो

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu