ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झाँक्रीद्वारा बन्धक बनाइएकी युवतीको गुफामा १५ वर्षपछि उद्धार


एबीसी न्यूज
२३ श्रावण २०७५, बुधबार   ४ : २७   बजे

इन्डोनेसिया, २३ साउन । इन्डोनेसियामा प्रहरीले एक जना झाँक्रीद्वारा गुफामा १५ वर्षदेखि बन्धक बनाइएकी २८ वर्षीया महिलाको उद्धार गरेको छ । गएको आइतबार सेन्ट्रल सुलावेसीको एउटा गुफाबाट प्रहरीले युवतीको उद्धार गर्नुका साथै आफूलाई झाँक्री बताउने एक वृद्धलाई पक्राउ गरेको छ ।

८३ वर्षीय वृद्ध झाँक्रीले ती ती युवतीलाई १३ वर्षको उमेरमा नै बन्धक बनाएका थिए । जागो नामले चिनिने ती वृद्धले कालो जादु जानेको विश्वास स्थानीयले गर्दथे । प्रहरीका अुनसार सन् २००३ मा एउटा परिवारले १३ वर्षीया बालिकालाई उपचारका लागि भन्दै ती वृद्धकोमा पुर्याएको थियो ।

त्यही वर्ष नै ती युवती हराएकी थिइन् । ती महिलाको परिचय एचएसको रुपमा मात्रै खुलाइएको छ । ती वृद्धले ती युवतीलाई १५ वर्षको उमेरदेखि नै यौन शोषण गरेको खुलेको प्रहरीले जनाएको खबर जर्काता पोस्टमा छ ।

ती झाँक्रीले आफूले जिन(आत्मा) लाई चिनेको भन्दै युवतीलाई त्यसैसँग बिहे गराइदिने भनेर फकाएको प्रहरीले बताएको छ ।

उद्धारपछि युवतीको स्वास्थ्य जाँच गरिएको छ । १५ वर्षसम्म अँध्यारो गुफामा प्रताडित जीवन बिताउनुपर्दा उनमा मनौवैज्ञानिक असर पुगेको हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई फोन गरेर बाढीमा सहयोग गर्ने प्रतिबद्धता जनाए

भोटेकोसी बाढीमा घाइते ३५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu