ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वित्तिय क्षेत्रको पैसा गलत क्षेत्रमा नजाओस् : गर्भनर नेपाल


एबीसी न्यूज
२४ श्रावण २०७५, बिहिबार   १ : १३   बजे

काठमाडौं,२४ साउन । नेपाल राष्ट्रबैकका गर्भनर चिरञ्जिवी नेपालले जथाभावी नबोल्न व्यवसायी र बैकर्सलाई चेतावनी दिनुभएको छ ।

बैकर्स एशोसियसन र सेजनले विहिबार राजधानीमा गरेको अन्र्तगतरक्रियामा गर्भनर नेपालले समयअनुकुलको फाईदा हेरेर व्यवसायी र बैकर्सले दोहोरो कुरा गर्ने गरेको भन्दै त्यसो नगर्न चेतावनी दिनुभएको हो ।

पैसा धेरै भयो राष्ट्रबैकले लिईदिनुपर्यो भन्दै अर्थमन्त्रीकोमा पुग्ने बैकर्स र तरलताको समयमा ऋण नलिएर समयअनुकल नाफामुखी अभिव्यक्ति दिने व्यवसायी दुवै उस्तै भएको भन्दै उहाँले दोहोरो भुमिकामा नदेखिन दुवै क्षेत्रलाई सचेत गराउनुभयो । साढे २ बर्ष अघि मात्रै आफुले व्यवसायीलाई बैकसंग पैसा लिएर काम गर्नु भन्दा नमानेको स्मरण गर्दे उहाँले भन्नुभयो “दोहोरो बोल्ने काम नहोस् ।”

गर्भनर नेपालले वित्तिय क्षेत्रको पैसा गलत क्षेत्रमा नजाओस् भन्ने उद्देश्यले व्यत्तिगत ओभर ड्राफट्को प्रतिशत घटाइएको भएपनि व्यवसायीक ओभर ड्राफ्टमा भने कमि नआएको स्पष्ट पार्नुभयो ।

व्यवसायीक ओभर ड्राफ्टमा गरिने लगानीलाई पनि सुरक्षित बनाउनका लागि कुन कुन र के कस्तामा कति दिने भन्ने बारे अध्ययन भईरहेको बताउनुभयो । उहाँले ऋणको व्याजदर घट्दो क्रममा रहेकाले यही समयमा ऋण लिन व्यवसायीलाई सुझाव दिनुभयो ।
उहाँले संस्थागत निक्षेपका सम्बन्धमा राष्ट्रबैकले निर्देशन जारी गरिसकेकाले आपसमा लुछाचुडी नगर्न वित्तिय क्षेत्रको ध्यानाकर्षण गराउनुभयो । निर्देशन अनुसार आफुहरुलाई अघि बढाउन सचेत गराउदै उहाँले भन्नुभयो “राष्ट्रबैक कठोर रुपमा आउनु नपरोस् ।

अब्बल नम्बरको दर्जा पाएको क्षेत्रलाई पुलिस जस्तो गर्नुपर्यो भने के हुन्छ ?”उहाँले आफ्नो दक्षता र क्षमता अनुसार स्थापित अब्बल दर्जाको साखलाई कायमै राख्न पनि वित्तिय क्षेत्रलाई सचेत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu