ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एशियाकप क्रिकेटमा उन्नाइस खेलाडी छनोट


एबीसी न्यूज
२४ श्रावण २०७५, बिहिबार   ५ : ११   बजे


काठमाडौं,२४ साउन । मलेसियामा हुने एशियाकप क्रिकेटका लागि प्रारम्भिक चरणमा १९ खेलाडी आज छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, सुनिल धमला र सुशन भारीलाई छनोट गरेको हो ।

अघिल्लो साता नेदरल्याण्ड्समा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलका क्रममा घाइते शरद भेषवाकर प्रारम्भिक टोलीमा परेका छैनन् । नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेलमा नरहेका सुनिल धमला, सागर पुन, विनोद भण्डारी, सुसन भारी र किशोर महतो प्रारम्भिक टोलीमा परेका छन्

बन्द प्रशिक्षण यही साउन २९ गतेदेखि शुरु हुने नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमनकुमार सिवाकोटीले जानकारी दिनुभयो । उक्त प्रशिक्षणबाट एशियाकपका लागि १५ सदस्यीय टोली घोषणा गरिनेछ ।

छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियाम हुँदैछ । उक्त प्रतियोगितामा युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । छनोट प्रतियोगितामा सहभागी ६ टोलीमध्ये शीर्षस्थानको टोली भदौ ३० गतेदेखि युएईमा हुने एशियाकपमा छनोट हुनेछ । उक्त प्रतियोगिताबाट छनोट हुने टोली एशियाकपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu