ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक लाख आप्रवासी कामदार लिने फ्रान्सेली होटेलको प्रस्ताव


एबीसी न्यूज
२५ श्रावण २०७५, शुक्रबार   ८ : ०३   बजे

पेरिस, फ्रान्स, २५  साउन । फ्रान्सेली होटेल तथा रेष्टुरेन्टका सञ्चालकहरूले कामदारको अभाव टार्न आप्रबासी शरणार्थीलाई लिने प्रस्ताव सरकारसँग गरेका छन् ।
आप्रबासी शरणार्थीकालाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गरी शरणार्थीका कारण वेलाबखत सिर्जना हुने समस्यालाई नियमन गर्न उनीहरूलाई रोजगारी दिने प्रस्ताव होटेल तथा रेष्टुरेन्टका सञ्चालकहरूको रहेको उनीहरूको दावी छ ।

फ्रान्सको होटेल उद्योगसम्बन्धी निकाय यूएमआइएचका अध्यक्ष रोलान्ड हेगले एएफपीलाई बताउनुभयोे, “होटेल तथा रेष्टुरेन्टको क्षेत्रमा कामदारको व्यापक अभाव महशुस हामीले गरेका छौँ । आप्रबासी शरणार्थीलाई काम दिएर यसको समाधान खोज्ने प्रस्ताव हामीले गरेका छौँ ।”

“कम्पनीहरूले कामदारको मागलाई स्वदेशी जनशक्तिबाट धान्न कठीन भएको छ । हामीले शरणार्थीलाई हाम्रो व्यवसायमा जोडेर समस्याको समाधान गर्न सरकारसँग समन्वय गरेका छौँ । अनुमति पाएमा सोही अनुरूप अघि बढ्ने सोच हाम्रो छ,” उहाँले थप्नुभयो ।
अन्य विकशित मुलुकमा जस्तै निम्न आम्दानीका कामदारका लागि समस्या देखिँदै आएको छ । होटेलको उच्च आम्दानीका आतिथ्य क्षेत्रका कामदारका लागि खासै समस्या नभएपनि महादेशीय खाना तथा सरसफाई गर्ने कामदारको भने अभाव रहँदै आएको छ ।
हामीले लिने भनिएका कामदारमध्ये ५० प्रतिशत रोजगारी स्थायी प्रकृतिका रहने र बाँकी अस्थायी हुनेगरी करार गर्न तयार छौँ, हेगले बताउनुभयो ।

फ्रान्सले सन् २०१७ मा एक लाख आप्रवासी शरणार्थी भित्राएको थियो । यो पहिलेका बर्षहरूमाभन्दा १७ प्रतिशतले बढी हो ।
फ्रान्सको कानून अनुसार शरणार्थीले आवासीय अनुमति पाएपछिमात्र देशभित्र काम गर्न सक्छन तर शरणार्थी दावीसाथ अनुमतिका लागि उनीहरूले निवेदन दिएको नौ महिना पर्खनुपर्ने हुन्छ ।
फ्रान्सको संसदबाट आप्रवासीसम्बन्धी बिल गत हप्ता पास गरेको थियो । तर बिलले कानूनी स्वरूप पाउन भने राष्ट्रपतिबाट उक्त विधेयकमा हस्ताक्षर गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group