ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीपीएलमा सन्दीपको शानदार डेब्यू, पहिलो बलमै विकेट


एबीसी न्यूज
२५ श्रावण २०७५, शुक्रबार   ९ : १०   बजे

काठमाडाैं – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग सीपीएलमा शानदार डेब्यू गरेका छन् ।

सीपीएल टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट उनले आज सीपीएलमा डेब्यू गरेका हुन् । उनले सीपीएलका लागि पहिलो बलमै विकेट लिएर आफ्नो डेब्यू अविस्मरणीय बनाएका छन् । समग्रमा सन्दीपले ४ ओभर बलिङ गरी २ विकेट लिए ।

गुयानाको राष्ट्रिय रंगशालामा १४७ रनको लक्ष पछ्याएको गुयाना अमेजन वारियर्सविरुद्ध दोस्रो ओभर बलिङ गर्दै उनले सीपीएल डेब्यू गरेका थिए ।

पहिलो बलमै उनले शानदार लेगस्पिनको सदुपयोग गरी गुयाना वारियर्सका भेट्रान ओपनर चाडविक वाल्टनलाई मिडअनको क्षेत्रमा बेन कटिंगको हातबाट क्याच आउट गराए ।

आफ्नो पहिलो ओभरमा विकेटसहित ३ रन खर्चेका सन्दिप छैटौं ओभरमा बलिंग गर्दा विकेट लिन नसके पनि किफायती बलिङ गरे । उनले मात्र एक रन खर्चिएका थिए । पहिलो बलमै विकेट लिएपछि विपक्षी ब्याट्सम्यान उनीप्रति सजग देखिन्थे ।

आठौं ओभरमा आफ्नो तेस्रो स्पेल लिएर आएका सन्दिपले ५ रन खर्चिए । सन्दिपले दोस्रो विकेट भने आफ्नो अन्तिम ओभरमा लिए । १०औं ओभरको दोस्रो बलमा १६ रन बनाएर खेलिरहेका वेष्ट इण्डिजका ब्याट्सम्यान ज्यासन मोहम्मदलाई डीप कभरको क्षेत्रमा टम कूपरको हातबाट क्याच आउट गराए । त्यस ओभरमा उनले विकेटसहित ४ रन खर्चिए ।

१७ वर्षीय युवा लेग स्पिनर सन्दीप लामिछानेको यो तेस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिग हो । यसअघि उनले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलिसकेका छन् भने क्यामडामा टी­–२० प्रतियोगिता खेलेका छन् । आईपीएलमा दिल्लीबाट उत्कृष्ट प्रदर्शन गरेका उनी त्यसलगत्तै विश्व–११ को टोलीमा समेत परेका थिए । जसले वेष्ट इण्डिजबिरुद्ध लर्डस मैदानमा मैत्रीपूर्ण च्यारिटी खेल खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group