ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीबाट नेपाल मिडिया सोसाइटीका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त


एबीसी न्यूज
२७ श्रावण २०७५, आइतबार   १ : ३६   बजे

काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मिडिया सोसाइटीका नवनिर्वाचित अध्यक्ष शुभशंकर कंडेल सहित कार्यसमितिलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा नेपाल मिडिया सोसाईटीका पदाधिकारीलाई आमन्त्रण गरेर ओढाएर स्वागत गर्दै बधाई दिनुभएको हो ।

सोसाइटीको पदाधिकारीहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई आर्थिक सम्बृद्धिको बाटोमा लैजान मिडिया क्षेत्रले रचनात्मक सहयोग गर्नु पर्ने बताउनु भयो । नागरिक स्वतन्त्रताका आफ्नो सम्पूर्ण जीवन समर्पित गरेको प्रधानमन्त्रीले कुनै पनि प्रकारका नागरिक अधिकारलाई अरु बढी व्यवहारिक रुपमा प्रत्याभुति गर्ने प्रतिवद्धता उहांले व्यक्ति गर्नुभयो ।

प्रधानमन्त्री तथा नेपाल सरकारलाई धन्यवाद तथा आभार प्रकट गर्दै सोसाइटीको अध्यक्ष शुभशंकर कंडेलले मिडियालाई विशेष उद्योगको दर्जा दलाएर मिडिया क्षेत्रको सम्मान गर्न अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको देश विकासको नियतमा कुनै पनि समस्या नभएपनि सरकारले त्यस दिशामा प्रदर्शन गर्न नसकेकोमा अध्यक्ष कंडेलले स्मरण गराउनु भयो ।

सोसाइटीको पूर्व अध्यक्ष कैलाश सिरोहियाले सरकारको मिडिया मैत्री सम्वन्धी कुरा बेलीमा मात्र नभएर व्यवहारमा उतार्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।

बधाई कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल र प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालय सहितका अधिकारीहरुको उपस्थिति रहेको थियो । हाल नेपाल मिडिया सोसाइटीमा मूलधारका १७ वटा प्रकाशन तथा स्याटेलाइट टेलिभिजन प्रसारण संस्थाहरु सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group