ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर वृद्धिको बिरोधमा अनसन सुरु


एबीसी न्यूज
२७ श्रावण २०७५, आइतबार   २ : २३   बजे

चितवन ,२७ साउन । चितवनको रत्ननगर नगरपालिकामा भएकोे कर वृद्धिको विरोधमा रिले अनसन सुरु भएको छ । नेपाली काँग्रेंस लगायत रत्ननगर नगरपालिकामा क्रियाशिल विभिन्न सात राजनितिक दलले संयुक्त रुपमा विरोध स्वरुप रिले अनसन बसेका हुन् ।

नगरपालिकाले गरेको कर वृद्धि लगायतको ११ विषयमा संयुक्त संघर्ष समिती आन्दोलित हुँदै आएको थियो । चरणबद्ध आन्दोलनको अन्य विभिन्न कार्यक्रम गर्दा समेत नगरपालिका नेतृत्वले आफुहरुको माग सुनुवाई नगरेको भन्दै रिले अनसनमा बस्नु परेको नेपाली कांग्रेस रत्ननगर नगर समितीका सभापति रुपनराज घिमिरेले बताए ।

रत्ननगर नगरपलिकाले १ हजार प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै विभिन्न राजनितिक दलले विरोध गर्दै आएका छन् । उनीहरुले अनसनसँगै राजश्व शाखा समेत बन्द गराएका छन् ।

अघिल्लो बर्ष ३ सय १५ रुपैयाँ कर तिरेको तर यसबर्ष कर बृद्धि भएर ६ हजार २ सय ४० रुपैयाँँ तिरेको रत्ननगर नगरपालिका वडा नम्बर ९ का स्थानिय गोपाल शर्माले बताए । अत्याधिक रुपमा बढाइएको करले जनता मर्कामा परेको उनले गुनासो गरे ।

रत्ननगर नगरपालिकाले भने करको दरमा वृद्धि नभएको तर जग्गाको मुल्याकंन बढेकोले करको रकम बढेको बताउदै आएको छ । अघिल्लो बर्ष १५ लाख ६१ हजार रुपैयाँ मुल्याकंन भएको जग्गाको अहिले मुल्याकंन बढेर ८६ लाख ९७ हजार पुगेकोले करको रकम बढेको नगरपालिकाको दावी रहेको छ ।

मालपोत कार्यालयको मुल्याकंन अनुसार जग्गाको मुल्याकंन गरेको नगरपालिकाले जनाएको छ । स्थानियले भने जग्गा बिक्रीवितरण गर्दा एक पटक तिर्ने करको मुल्याकंन र प्रत्येक बर्ष तिर्ने करको लागि मुल्याकंन एकै बनाउनु व्यवहारिक नहुने बताएका छन् । आन्दोलमा उत्रिएका दलहरुले बृद्धि भएको कर तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu