काठमाडौं, २८ साउन । बिराटनगरका ६ वटा कलेजका विद्यार्थीहरुलाई रोबोटिक्स सम्बन्धी तालिम प्रदान गरिएको छ ।
रोट्राक्ट क्लब बिराटनगर र अचिभर काउन्सेलिङ सर्भिसको समन्वयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई रोबोटिक्स सम्बन्धी ३० घण्टाको तालिम दिएको हो । विद्यार्थीहरुमा रोबोटिक्स सम्बन्धी बढ्दो रुचि देखेर क्षमता देखेर आफूलाई खुसी लागेको तालिमका निर्देशक बिक्कि आग्रबालले बताउनुभयो ।
रोट्राक्ट क्लब बिराटनगरका अध्यक्ष जयन्द्र शाहले विद्यार्थीको क्षमताको मुल्यांकन गर्दै आगामी दिनमा थप स्तरिय तालिम प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले चाडै रोबर्ट दौड समेत गराइने बताउनुभएको छ । विद्यार्थीहरुले बनाएका ट्राफिक लाइट कन्ट्रोलरले अरु विद्यार्थीहरुलाई समेत उत्साहित बनाएको छ । आभिभावक र शिक्षक शिक्षिका पनि विद्यार्थीहरुको क्षमताको कदर गर्दै भोलिका दिनमा रोबर्ट मानिसको दैनिक जिबनमा उपयोगी हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्