एजेन्सी , ३ भाद्र। फिजीमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले जनाए अनुसार आइतबार बिहान फिजी मा भूकम्प गएको हो । भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड भूगर्भ विभागले जनाएको छ ।
फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।
जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइमा भूकम्प गएको कारण शक्तिशाली भूकम्प गए पनि सुनामीको खतरा भने नभएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्