काठमाडौं, ५ भाद्र । आन्दोलनरत कालिमाटी तरकारी बजारका व्यवसायीले भोलिबाट तरकारीको विक्री वितरण सुचारु गर्ने भएका छन् ।
व्यवसायीले आन्दोलनका कार्यक्रम यथावतै राखे पनि विक्री वितरण भने नरोक्ने निर्णय लिएका हुन् ।
सरकारले आफ्नो माग पुरा गर्ने प्रतिवद्धता नजनाए पनि व्यवसायीले कृषकलाई मर्का पर्ने भएकोले बिक्री वितरण सुरु गर्न तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरेले बताए ।
सोमबार भएको अनुगमनपछि व्यवसायीले कालिमाटी बजारमा मंगलबार तरकारीको बिक्री वितरण ठप्प पारेका थिए ।
प्रतिक्रिया दिनुहोस्