ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनमा सञ्जिव बराल


एबीसी न्यूज
७ भदौ २०७५, बिहिबार   ८ : १६   बजे

काठमाडौं, ७ भाद्र । निमार्णाधिन राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन आयोजनको काम अव तिव्ररुपमा काम सुरु हुने भएको छ ।
प्रदेश नं ५ को बाँके र बर्दियाको करीब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा र्पुयाउने लक्ष्यका साथ सुरू उक्त आयोजनामा ‘आयोजना निर्देशक’ परिवर्तन गरेपछि कामले तिव्रता पाउने भएको हो । यसअघि कार्यरत शिवकुमार बस्नेतलाई सिँचाइ विभागमा सरुवा गरी सञ्जिव बराललाई उक्त जिम्मेवारी तोकिएको छ ।

मन्त्रीस्तरीय निर्णयले बराललाई नयाँ आयोजना निर्देशकको जिम्मेवारी दिइएको हो । बराल यसअघि एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सञ्चालित विभाग अन्तर्गतको जलस्रोत आयोजनाको तयारी सहयोगमा कार्यरत थिए ।
अहिले आयोजनाको सुरुङ ७.१ किलोमिटर खनिएको छ । बाँध तथा विद्युतगृहको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) पनि अन्तिम चरण छ । यस अघिका निर्देशक शिवकुमार बस्नेत स्थानीयबासी, सरोकारवाला, राजनीतिक दल र ठेकेदारसँग प्रभावकारी समन्वय गरेर काम गर्दै आएका थिए । घरायसी र स्वास्थ्य अवस्थाले आयोजनास्थल बस्न गाह्रो भएको कारण अवगत गराएपछि मन्त्रालयले उनको विभागमै सरुवा गरेको हो ।

ग्रामीण पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) मा इन्जिनियरबाट सेवा सुरु गरेका बराल उनले विद्युत विकास विभागको सिनियर डिभिजनल इन्जिनियर हुँदै २० मेगावाटको बूढीगंगा जलविद्युतमा आयोजना प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
बराल करिब ३ वर्षअघि नेतृत्व तथा व्यवस्थापन सीप विकासका लागि हुबर्ट एच हम्फ्रे फेलोसिप पाएर अमेरिका पढ्न गएका थिए ।
अध्ययनरत रहँदा नै उनी खुला प्रतिस्पर्धाबाट सहसचिव भएका हुन् । उनले जलस्रोत इन्जियरिङ र व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका छन् । बराल जलस्रोत क्षेत्रका जुझारू युवा सहसचिव हुन् । सुरुङ निर्माण ५० प्रतिशतभन्दा बढी पूरा भइसक्दा बाँध र विद्युतगृहको काम सुरु भएको छैन । सुरुङ पूरा हुँदासम्म बाँध र विद्युतगृह नबने आयोजना प्रभावित हुने सम्भावना छ । बरालले यस्ता खाले चुनौती व्यवस्थापन गरेर काम गरेमा सक्षमता पुष्टि हुनेछ । भेरी नदीको पानी १२.२ किलोमिटर लामो सुरुङबाट बबईमा खसाली बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ पुर्याउने आयोजनाको लक्ष्य हो । यसबाट करिब ४६ मेगावाट विद्युतसमेत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu