ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको अभाव रहेको छ : मन्त्री अधिकारी


एबीसी न्यूज
८ भदौ २०७५, शुक्रबार   ४ : ३३   बजे

काठमाडौं,८ भाद्र । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनसम्बन्धी जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको अभाव रहेको बताउनुभएको छ ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)लाई मानित पर्यटन विश्वविद्यालयको रुपमा विकास तथा सुदृढीकरण गर्न आयोजित अन्तक्र्रियामा उहाँले पर्यटन क्षेत्रका विभिन्न विधालाई शैक्षिक र व्यावहारिक ज्ञानमा आधारित भई उच्च शिक्षा तथा मध्यम शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री अधिकारीले सरकारलाई आर्थिकरुपमा भार नपर्ने गरी सार्वजनिक–निजी साझेदारीको स्वरुपमा पर्यटन अध्ययनसम्बन्धी विश्वविद्यालयको स्थापना अहिलेको आवश्यकता हो भन्नुुभयो ।

सोही मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले अन्तर्राष्ट्रिय तहको पाठ्यक्रममा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयको खाँचो औँल्याउनुभयो ।

विभिन्न विश्वविद्यालयका प्रतिनिधि, विज्ञ तथा पूर्व प्रशासकले मुलुकमा परिवर्तित संरचनामा सबै प्रदेशमा पर्यटनको विकास गर्न विस्तृत अध्ययन गरेर यस किसिमको विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभयो ।

सन् १९७२ मा स्थापना भएको नाथममा अहिले स्नातक र स्नातकोत्तर तहमा होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिज्म, हस्पिटालिटी व्यवस्थापनलगायत विषयमा अध्ययन हुने गरेको नाथमका प्रिन्सिपल कृष्ण खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन

राष्ट्रपति पौडेलले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिए

सम्बन्धित

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

बाढीपीडितलाई सहयोग गर्न रकमको सीमा हटायो राष्ट्र बैंकले

भोटेकोसी बाढीपछि सञ्चार सेवा पुनर्स्थापनामा जुट्यो नेपाल टेलिकम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu