ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधसभामा महिला हिंसाविरुद्ध सङ्कल्प प्रस्ताव सर्वसम्मति पारित


एबीसी न्यूज
८ भदौ २०७५, शुक्रबार   ५ : १६   बजे


काठमाडौं ८ भाद्र । महिला हिंसाविरुद्ध प्रतिनिधसभामा प्रस्तुत भएको सङ्कल्प प्रस्ताव पारित भएको छ ।

प्रतिनिधीसभाको शुक्रबारको बैठकले महिला तथा बालबालिकामाथि हुने हिंसासम्बन्धी संकल्प प्रस्तावमाथि लामो छलफलपछि सर्वसम्मतिले पारित गरेको हो ।

महिला हिंसाविरुद्धको घटना घट्ने भन्दा पनि बढ्ने क्रममा रहेको भन्दै विभिन्न राजनीतिक दलका २२ सांसदले उक्त प्रस्ताव दर्ता गराएका थिए ।

छलफलपछि प्रतिनिधीसभाले महिलामाथि हुने हिंसा, शोषण, विभेद गर्ने अपराधीहरुलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न र पीडितहरुको उपचार, क्षतिपूर्ति तथा सामाजिक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

त्यसघि बैठकमा उक्त प्रस्तावमाथि सांसदहरु उठाएका प्रश्नको जवाफ दिदै महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले पर्याप्त कानूनी व्यवस्था भए पनि नेपाली समाजमा लामो समयदेखिको सामन्तवादी संस्कारका कारण महिलाहरुले न्याय पाउन नसकेको बताउनुभएको थियो ।

प्रतिनिधीसभाको बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत गर्नुभयो ।

त्यस्तै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राख्नुभएको ‘भुक्तानी तथा फट्र्योट विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १० गते आइतबार बोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu