ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन प्रहरी अधिकारीमाथि कारर्वाही गर्न गृहमन्त्रालयको तयारी, एसपीका छोरा र मेयरका भतिज अनुसन्धानको दायरामा


एबीसी न्यूज
९ भदौ २०७५, शनिबार   १२ : २७   बजे

काठमाडौं,९ भाद्र । कञ्चनपुरकी १३ वर्षीय बालीका निर्मला पन्तका हत्यारालाई तीन हप्तासम्म पनि खोजविन र कारर्वाही नगरेको आरोपमा एसपी, डीएसपी र मुद्दा फाँटका प्रहरीलाई गृहमन्त्रालयले कारर्वाही गर्ने भएको छ ।

हत्यारा को हो भन्ने विषयमा सत्य तथ्या पत्ता नलगाएपछि उनीहरुलाई कारर्वाही गर्ने भएको हो । घटनामा अनुसन्धानको माग भइरहेकाले एसपीका छोरालाई समेत पक्राउ गरिने भएको छ ।

निर्मलाको हत्याको घटनामा निश्पक्ष छानविन गर्नुको साटो तीन हप्तासम्म जिम्मेवारी पुरा नगरेको आरोप लागेपछि गृहमन्त्रालयले भाद्र ७ गते कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी र प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

अब उनीहरुलाई गृहमन्त्रालयमा झिकाएर कञ्चनपुर घटनाबारे वयान लिइने स्रोतले पत्रकारलाई बताएको छ । यसका लागि प्रधानमन्त्री केपी ओलीले शनिबार बिहानै बालुवाटारमा गृहमन्त्री रामबहादुर थापा (बादल) लाई निर्देशन दिएको जनाइएको छ ।

निर्मलाको बलात्कार सम्बन्धी घटनामा शंकास्पद देखिएको भनिएका एसपीका छोरा र मेयरका भतिजालाई समेत अनुसन्धानको दायरामा ल्याउन गृहमन्त्रालयले जिल्लालाई निर्देशन दिनेबारे प्रधानमन्त्री र गृहमन्त्रीवीच छलफल भएको स्रोतले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन

राष्ट्रपति पौडेलले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिए

सम्बन्धित

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

बाढीपीडितलाई सहयोग गर्न रकमको सीमा हटायो राष्ट्र बैंकले

भोटेकोसी बाढीपछि सञ्चार सेवा पुनर्स्थापनामा जुट्यो नेपाल टेलिकम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu