ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउदीअरबमा अलपत्र नेपालीलाई काम र दाम दिने सहमति


एबीसी न्यूज
१० भदौ २०७५, आइतबार   ८ : २४   बजे

खोटाङ, १०  भाद्र ।  वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेर अलपत्र परेका खोटाङका १३ सहित ३८ नेपाली कामदारलाई कम्पनीले काम र दाम दुवै उपलब्ध गराउने सहमति भएको छ ।

साउदी अरबमा ३८ नेपाली कामदार अलपत्रसम्बन्धी समाचार  विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएको महिना दिनपछि वैदेशिक रोजगार विभागको रोहबरमा म्यानपावर सञ्चालक र कामदारको आफन्तबीच यस्तो सहमति भएको हो ।

सम्झौता पत्रमा सबै कामदारलाई सरसफाईको काम दिइने, एक दिनमा आठ घन्टा, महिनामा २६ दिन काम गर्नुपर्ने, तलब साउदी रियाल एक हजार र २०० खाना खर्च दिइने, बस्ने, यातायात, सुरक्षा आदि कम्पनीले उपलब्ध गराउने, परिचयपत्र र जीवन बीमा कामदारले काम शुरु गरेको ४५ दिनभित्र कम्पनीले उपलब्ध गराउने, नेपालबाट साउदी गएर काम गरेको दिनदेखि अहिलेसम्म पाउन बाँकी तलब कम्पनीले दिने, घर फर्कन चाहने कामदारलाई हवाई टिकट दिएर घर फिर्ता गराउने तथा काम गर्न चाहनेलाई सम्पूर्ण सेवा सुविधा उपलब्ध गराई पुनः काममा लगाउने उल्लेख छ ।

दुई पक्षबीच गरिएको सम्झौता पत्रमा उल्लेखित शर्त पूरा नभए नेपालबाट पठाउने म्यानपावर कम्पनी काठमाडौँ मित्रपार्कस्थित इमप्लाइमेन्ट सर्भिसेज र इम्पावर ओभरसिज प्रालि पूर्ण रुपले जवाफदेही हुनेछ भन्नेसमेत उल्लेख गरिएको छ ।

म्यानपावर कम्पनी र कामदारका आफन्तबीच शर्त पूरा गर्छु भनेर तयार पारिएको सम्झौता पत्रमा हस्ताक्षर भए पनि कामदारहरु भने अझै असन्तुष्ट रहेको दिक्तेलस्थित सुरक्षित आप्रवासन सूचना केन्द्रका परामर्शदाता बुना विश्वकर्माले बताउनुभयो ।

“अलपत्र अवस्थामा रहेका सबैको उद्धार गर्न हामीले प्रयत्न ग¥यौँ ।” उहाँले भन्नुभयो, “उनीहरुको उद्दार गर्न धेरै चुनौती भएकाले उनीहरुलाई पुनः काममा फर्काउन बाध्य भयौँ । म्यानपावर कम्पनीले गरेको प्रतिबद्धता इमान्दारीपूर्वक पूरा गरे समस्या नहुने देखिन्छ । यो समस्याको समाधान चाँडै र इमान्दारीपूर्वक गर्न सम्बन्धित निकायलाई खबरदारी गरिरहेका छौं ।”

एक महिना नौँ दिनदेखि साउदीअरबको दमामस्थित तुक्बा भन्ने ठाउँमा अलपत्र अवस्थामा रहेका कामदारले भने उल्लेखित सम्झौताकै भरमा मात्र काममा नजाने बताउँदै आएका छन् । “सम्झौता पत्रमा हस्ताक्षर भएको भरमा हामी काममा फर्कदैनौँ ।” खोटाङ जालपाका शेषन श्रेष्ठले भन्नुभयो, “यसअघि पनि हामीले सबै प्रक्रिया पु¥याएरै साउदी आएका हौँ । अब काममा फर्कन राजदूतावासले पनि विश्वास दिलाउनुपर्छ ।”

साउदी अरबको सोनमार अलमामलखास्थित एडभरटाइजिङ कम्पनीमा सप्लाइको काम गर्दै आएका उनीहरु कम्पनीले तलब नदिएको भन्दै गत असार ३२ गते काम छाडेर कोठामै बसेका थिए । उनीहरु काममा नगएपछि कम्पनीले त्यसको भोलिपल्ट साउन १ गते कोठाबाट झोला, कपडालगायत बन्दोबस्तीका सामग्री सडकमा फालिदिनुका साथै गाडीमा राखेर एकान्त ठाउँमा लगेर अलपत्र पारेको जनाइएको छ ।

साउदीअरब पुगेयता ९०० रियल मात्र पाएका नेपालीले एक दिन काम छाडेर बसेकामा कम्पनीले सडकमा निकालिदिएपछि उनीहरु बिचल्ली परेको जनाइएको छ । गत २०७४ साल फागुन १ गते एकैसाथ साउदी अरब पुगेका उनीहरु सम्झौता अनुसारको काम र दाम नपाएपछि आन्दोलन गर्दा अलपत्र परेका हुन् ।

साउदीअरबमा ३८ नेपाली अलपत्र परेपछि उनीहरुका आफन्तले काठमाडौँमा रहेको सुरक्षित आप्रवासन परियोजनाअन्र्तगत पिपुल्स फोरममार्फत् निःशुल्क कानूनी सहायताका लागि निवेदन दिएका थिए । निवेदन दर्ता भएलगत्तै पीडितको आवश्यक कागजात इमेलमार्फत मगाएर वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरिएको थियो ।
(रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group