ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुर र सूर्यविनायक जुवा खालबाट १७ जना जुवाडे पक्राऊ


एबीसी न्यूज
१० भदौ २०७५, आइतबार   ८ : २७   बजे

भक्तपुर, १० भाद्र । महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर र सूर्यविनायकको जुवाखालबाट १७ जनालाई जुवाखालबाटै पक्राऊ गरेको छ ।

प्रहरी परिसर भक्तपुरले शनिबार यसबारे जानकारी दिँदै भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै निर्माणाधीन एकतले भवनको भुर्इँतलामा जुवा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राऊ गरेको बताएको छ ।

पक्राऊ पर्नेमा काभ्रे बनेपा नगरपालिका–१ का ५७ वर्षीय अर्जुन दुवाल, काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–३ का ३५ वर्षीय चित्रबहादुर तामाङ, भक्तपुर चाँगुनारायण नगरपालिका–९ ताथलीका ६० वर्षीय हरिबहादुर थापा, सोही ठाउँका ४१ वर्षीय रवीन्द्र शाखकर्मी ४१, वर्षीय केदार शाखकर्मी, चानपा–८ सुडालका ५५ वर्षीय बलदेव घोरासैनी रहेका छन् ।

प्रहरीले जुवाखालबाट नगद रु ८६ हजार ७२० र ९ वटा तासको थानसमेत बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी प्रहरीले सूर्यविनायक नगरपालिका–८ स्थित एक घरमा जुवातास खेलिरहेका अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा घरबेटी भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ४५ वर्षीय विष्णु स्वानेपा, काभ्रे रोसी–९ बस्ने ४५ वर्षीय भोज तामाङ, सोही ठाउँका २३ वर्षीय निशान लामा, ३७ वर्षीय सूर्य लामा, ३३ वर्षीय ईन्द्र लामा, २६ वर्षीय आक्रोश तामाङ, काभ्रे नमोबुद्ध–९ बस्ने ३४ वर्षीय अमृत लामा, रामेछाप सुनपानी–४ बस्ने ३० वर्षीय नरभान तामाङ, काभ्रे मङ्गलटार–९ बस्ने ३९ वर्षीय अनिश लामा, काभ्रे तिमाल–७ बस्ने २७ वर्षीय योगेन्द्र लामा, सूर्यविनायक–८ बस्ने ३३ वर्षीय विशाल तामाङ रहेका छन् ।
जुवाखालबाट नगद रु ८४ हजार ९२५ सहित २१ थान तास बरामद गरेको पोखरेलले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group