काठमाडौं,१० भाद्र । यो महिनाको सुरुदेखि नै घटेको सुनको भाउ आजबढेको छ । हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको हो ।
सुन तोलामा ६ सय रुपैयाँ बढेर ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको शुक्रबार सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आइतबार तोलाको ७ सय २० रुपैयाँमा कारोबार भैरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्