काठमाडौं,१० भाद्र । होटलमा कार्यरत् १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । काठमाडौंको नारकेश्वर–११, नेपालटारमा स्थानीय नेवारी खाजा घरमा ग्राहकबाटै बलात्कृत भएकी हुन् ।
बालिका बलात्कारको आरोपमा बाजुराका १८ वर्षीय साजन बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
बोहराले खाजा खान गएका वेला रुकुमकी ती बालिकलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ । बोहरा काठमाडौैको तारकेश्वर–११, शेषमती बस्दै आएका छन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्