ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वाधार अभावले पर्यटन क्षेत्र ओझेलमा


bhawani desk
१० भदौ २०७५, आइतबार   ५ : १७   बजे

बागलुङ, १० भाद्र । पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ ।

जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पादक क्षेत्रमा लगानी भएको छ । सरकारी संयन्त्र, सङ्घ संस्थालगायत पर्यटनप्रति उदासिन छन् । गन्तव्यस्थलसम्म पुग्न सडक सुविधा छैन ।

पदमार्गसँगै पर्यटकका लागि आवश्यक सुविधायुक्त होटल, खानेपानी, स्वास्थ्य र सुरक्षाको समेत अभाव छ । पर्यटनमैत्री पूर्वाधार नबनेसम्म पर्यटन विकासले गति नलिने सम्बन्धित क्षेत्रका अगुवा बताउँछन् ।

ढोरपाटनबाट जिल्लाले खासै फाइदा लिन सकेको छैन । ढोरपाटन खर्चिला विदेशी शिकारी पर्यटकको आकर्षणमा छ । कच्ची सडक पुगे पनि अन्य कुनै पर्यटकीय पूर्वाधार त्यहाँ छैन । सामान्य खाना, आवासको समेत असुविधा छ ।

शिकार खेल्न आउने पर्यटक बन्दोबस्तीसहित हेलिकप्टरमा आउँछन् र शिकार खेलेर फर्कन्छन् । देशको एकमात्र शिकार आरक्ष ढोरपाटन राज्यको नजरमा पर्न सकेको छैन । प्रचुर पर्यटकीय सम्भावना भए पनि ढोरपाटन पूर्वाधार नभएकै कारण पछि परेको छ ।

सडक बनेपछि पछिल्लो समय आन्तरिक पर्यटक छिटपुट रूपमा घुम्न जाने क्रम शुरु भएको छ । प्राकृतिक, सांस्कृतिक र जैविक विविधता भएको ढोरपाटन उत्कृष्ट पर्यटकीय गन्तव्य मानिन्छ । नेपालकै ठूलो जलाशययुक्त विद्युत् आयोजना त्यहीँ बन्ने भएपछि चर्चा थप बढेको छ ।

ढोरपाटनसँगै जिल्लामा अन्य दर्जनौँ पर्यटकीय गन्तव्य पूर्वाधार र प्रचारप्रसारको अभावले ओझेलमा छन् । केही वर्षअघि बन्न शुरु भएको विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोट अर्को महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य बन्ने देखिएको छ ।

बागलुङ नगरपालिकाभित्रै निर्माणाधीन पञ्चकोटमा रु दुई अर्बको योजना अघि बढाइएको छ । पूर्वाधार निर्माणको चरणमा रहेको पञ्चकोटमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । सदरमुकाम बाहिरका कतिपय पर्यटकीय गन्तव्यमा त अहिलेसम्म सडक पनि पुग्न सकेको छैन ।

पर्यटन प्रवद्र्धनमा विस्तारै चासो भने बढेको देखिन्छ । दुई महिनाअघि जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बागलुङ पर्यटन विकास समिति’ गठन भएको छ । यसअघि जिल्लास्तरमा एकीकृत ढङ्गले पर्यटनको काम गर्ने संस्था थिएन । पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा समितिले काम गर्ने अध्यक्ष राजु खड्का बताउनुहुन्छ ।

सरकारी संयन्त्रसँग सहकार्य गर्दै अघि बढ्ने योजनामा सीमति छ । शुरुमा जिल्लाभरका पर्यटकीय सम्पदाको यथार्थ विवरण सङ्कलन गरिने अध्यक्ष खड्का बताउनुहुन्छ ।

“तत्कालै जिल्लाको पर्यटकीय सम्भावना झल्कने वृत्तचित्र बनाउँछौँ” उहाँले भन्नुभयो, “पर्यटन गुरुयोजना निर्माण र बागलुङलाई पर्यटकीय जिल्लाको रुपमा घोषणा गर्न समितिले पहल थाल्नेछ ।” पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जिल्लालाई पर्यटन बजारमा उजागर गरिने भएको छ ।

पछिल्ला वर्षमा मुस्ताङ घुम्न निस्कनेमध्ये केही पर्यटक बागलुङ भएर जान थालेका छन् । बढीजसो आन्तरिक पर्यटकले एक रात बागलुङमा बिताउने गरेको बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो । होटल पार्टी प्यालेसका सञ्चालकसमेत रहनुभएका उहाँले जिल्ला भित्रने पर्यटकलाई यहीँका पर्यटकीय क्षेत्रमा घुमाउन नसकिएको बताउनुभयो ।

बागलुङ बजार पस्ने पर्यटकलाई नजिकैको कालिका भगवती मन्दिर, पञ्चकोट र ‘होमस्टे’ गाउँ भकुण्डेमा आकर्षित गर्नुपर्ने उहाँको भनाइ छ । “सम्भावना छ, तर हामीकहाँ पर्यटनमैत्री पूर्वाधार छैन”, उहाँले भन्नुभयो, “भकुण्डे जाने सडक दश वर्षअघि जस्तो थियो अहिले पनि उस्तै छ” पछिल्लो समय पर्यटकलाई लक्ष्य गरी सविधायुक्त होटल खुल्न थालेका छन् । पर्यटन विकास र प्रवद्र्धनले गति लिएको अवस्थामा सेवा बढाउन व्यवसायी तयार छन् ।

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा पूर्वाधार निर्माण र प्रचारप्रसार अभावमा जिल्लाको पर्यटन गतिविधि पछाडि परेको बताउनुहुन्छ । उहाँले पर्यटनका बारेमा गहिरो गरी र ठोस रूपमा योजना नै नबनेको उल्लेख गर्नुभयो ।

पर्यटनका नाममा अघिल्ला वर्षमा आउने बजेट अनुत्पादक ठाउँमा खर्च भएको उहाँको भनाइ छ । “बजेट मन्दिर बनाउन खर्च भयो, पर्यटनमा उल्लेख्य केही काम भएन”, उहाँले भन्नुभयो । स्थानीय जनप्रतिनिधिले पर्यटन विकासलाई प्राथमिकतमा राख्नुपर्ने सापकोटाको भनाइ छ ।

प्रदेश सरकारले यस वर्ष ढोरपाटनको पर्यटन विकासको लागि रु एक करोड छुट्याएको छ । रु दश लाख अध्ययनको लागि र बाँकी रु ९० लाख पूर्वाधार निर्माणमा खर्चहुनेछ । भकुण्डेलगायतका ठाउँमा घरबास पर्यटन ‘होमस्टे’ को राम्रो सम्भावना छ ।

ढोरपाटन, कालिका भगवती मन्दिर, पञ्चकोट, भकुण्डे, गाँजाको दह, भैरवस्थान, गलकोट दरबार, घुम्टेको लेकलगायत पर्यटकीय गन्तव्य यहाँ छन् । पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार निर्माण र प्रचारप्रसार गर्न सके जिल्लाले पर्यटन विकासमा फड्को मार्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group