ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमाको मृत्युपछि विचल्लीमा परेका तीन बालिकाको एवीसी न्यु्जको पहलमा उद्धार


admin
१५ भदौ २०७४, बिहिबार   ११ : १३   बजे

काठमाडौ, १५ भदौ । नुवाकोट जिल्ला स्थायी घर भई हाल काठामडौस्थित गोकर्णेश्वर नगरपालिका–६ बौद नयाँ बस्ती बस्दै आएकी कुमारी वाईवा विगत एक वर्षदेखि जण्डिस रोगका कारण थलिएकी थिइन् । जण्डिसकै कारण उनको मंगलबार बिहान ज्यान गयो । उनको निधनसँगै तीन छोराछोरीको बिचल्ली भएको थियो । खर्च अभावकै कारण उपचार हुन नसकेर आमाले ज्यान गुमाएपछि अलपत्र बालिकालाई भने केन्द्रिय बाल कल्याण समिति काठमाडौले उद्धार गरेको छ ।

त्यसो त मान्छेको जन्म र मृत्यु स्वभाविक हो । जन्मेपछि एक दिन सबैले मर्नैपर्छ । तर, मरण कतिको सुखद त कतिको दुखद हुने रहेछ । नुवाकोट घर भई काठमाडौमा बस्दै आएकी कुमारी वाइवाले पनि त्यही नियति भोग्नु प¥यो । खर्च अभावमै उनले उपचार नपाएर ज्यान गुमाइन् भने ससाना लालाबाला पनि छाडेर गइन् । ५ देखि १० वर्ष उमेर समूहका तीन जना बालिकाले आमाको उपचार गर्न सक्ने अवस्था थिएन । जण्डिसले थलिएकी वाइवाको समयमै उपचार भएको भए बाँच्ने सम्भावना थियो । तर, उपचार नभएर वाइवाको ज्यान गएपछि तीन जना छोरीको विचल्ली भयो । कात्रो किन्ने पैसासमेत नभएपछि छरछिमेकीले अन्तिम संस्कारसम्म त गराए । तर, मर्ने मरेर गए पनि बाँचेका तीन छोरी बिहान के खाउँ साँझ कहाँको अवस्थामा पुगे । यस्तो अवस्था देखेर छिमेकी कमला राईले साँझ बिहान खानेबस्ने व्यवस्था मिलाएकी थिइन् ।
जे हुनु थियो त्यो भइसक्यो तर ३ जना १० वर्षीया ढोल्मा, ८ वर्षीया ममता र ५ वर्षीया विमला वाइवा बिचल्लीमा परे । उनीहरुको भविष्यको कुरा त कता हो कता, वर्तमान नै अनिश्चित थियो । यस्तो अवस्था देखेपछि एबीसी न्युज रिपोर्टरको पहलमा महिला तथा बालबालिका कार्यालय काठमाडौलाई घटनाको विस्तृत जानकारी गराएपछि तीनै जना बालिकाको उद्धार भएको छ । एबीसी न्युजको पहलमा बालिकाहरुको संरक्षणको जिम्मा लिएको छ । महिला तथा बालाबलिका कार्यालयले बुबा, आमामध्ये एक नभएका र विपन्न बालबालिकाई संरक्षण दिदै आएको बाल संरक्षणका अधृकृत इन्दिरा पौड्यालले बताइन् । गत वर्ष मात्रै १५ जना बालबालिकालाई संरक्षण दिएको र यो वर्ष पनि ९ जना बालबालिलाई संरक्षण दिएको बाल संरक्षणका अधिकृत पौड्यालले जानकारी दिइन् ।
देशको राजधानी, सबैको सबैतिर सहज पहुँच हुने स्थानमा पनि नागरिक सामान्य जण्डिसको औषधि नपाएर मर्न बाध्य छन् । ससाना नानीहरु विचल्लीमा परिरहेका छन् । यसले देशको कुनाकुन्दराको अवस्था कस्तो होला भन्ने प्रष्ट दृष्य देखाउँछ । जे भए पनि एबीसी न्युज रिपोर्टरको पहलमा आमाको जीवन रक्षा गर्न नसके पनि कलिला बालिकाहरुको उद्धारमा सहयोग पुगेको छ । अब सरकारले उनीहरुको शिक्षादीक्षामा उचित ध्यान दिएर उज्वल भविष्य निर्माणमा सघाउने अपेक्षा गर्न सकिन्छ । एबीसी न्युज पनि ती ससाना बालिकाको सुन्दर भविष्यको कामना गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group