ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सयभन्दा बढी नेपाली विद्यार्थीलाई चीनले दियो सरकारी छात्रवृत्ति


एबीसी न्यूज
१२ भदौ २०७५, मंगलबार   ७ : ३७   बजे

काठमाडौँ, १२ भाद्र । सरकारी छात्रवृत्ति कार्यक्रम अन्तर्गत छिमेकी मुलुक चीनमा १०० भन्दाबढी नेपाली विद्यार्थीले अध्ययन तथा अनुसन्धानका लागि छनोट भएका छन् । सन् २०१८ का लागि सो छात्रवृत्ति प्राप्त गर्ने नेपाली विद्यार्थी चीनका प्रसिद्ध विश्वविद्यालयमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहमा अध्ययन गर्नेछन् ।

आज यहाँ आयोजित एक समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यु होङ्गले सो छात्रवृत्ति प्राप्त गर्न सफल नेपाली विद्यार्थीलाई छात्रवृत्तिको औपचारिकपत्र प्रदान गरे ।

गत वर्षसम्म चीन सरकारबाट छ हजार ४०० नेपालीले छात्रवृत्ति प्राप्त गरिसकेका छन् । यो वर्ष चिनियाँ सरकारले चिकित्सा विज्ञान, इञ्जिनियरिङ, हवाई उडड्यन, जलस्रोत इञ्जिनियरिङ, व्यवस्थापन प्रशासन, सार्वजनिक स्वास्थ्य, चिनियाँ भाषा र अन्य विधामा नेपाली विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार प्रदान गरेको छ ।

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले कुनै पनि मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि शिक्षा एउटा सशक्त हतियार भएको चर्चा गर्दै यस्ता छात्रवृत्ति कार्यक्रमबाट विद्यार्थी मात्र नभई सिङ्गो मुलुक लाभान्वित हुने बताए ।

‘अन्तर सांस्कृतिक अनुभवबाट सिकाइ थप मजबुत हुने र त्यसले व्यक्ति र समाजलाई उच्चस्तरको जीवनयापनमा थप योगदान गर्नेछ’, उनले भने, ‘यस्ता कार्यक्रमले सामाजिक, सांस्कृतिकरुपमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुनेछ ।’

मन्त्री पोखरेलले भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन निर्माणमा चिनियाँ सरकारको सहयोगको प्रशंसा गर्दै दुवै देशले एकअर्काको सार्वभौमसत्ताको उच्च सम्मान गरेको र दुई देशबीचको सम्बन्धमा हालसम्म कुनै आँच नआएको बताए ।

नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको उल्लेख गर्दै उनले चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रष्ट पारे । चिनियाँ राजदूत होङ्गले चीन नेपालको मुख्य आर्थिक साझेदार भएको र दुई देशबीच धेरै क्षेत्रमा सहयोग र सहकार्य निरन्तर सकारात्मक दिशामा अगाडि बढेको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाल र चीनबीचको सहकार्य थप मजबुत हुने बताए ।

‘हजार पुस्तक पढ्नु र हजार माइलको यात्रा गर्नु बराबर हो’, भन्ने चिनियाँ उखानको स्मरण गर्दै राजदूत होङ्गले विदेशमा अध्ययन गर्नु भनेको नयाँ ज्ञान, सीप, अनुभव आर्जन गर्नु र समाजको एक जिम्मेवार नागरिक बन्ने मौका भएको बताए ।

उनले यो छात्रवृत्ति कार्यक्रम दुई देशको सम्बन्ध विस्तारमा कोशेढुङ्गा सावित हुने बताउँदै छनोट भएका विद्यार्थीका लागि यो नयाँ अनुभूति, नयाँ सिकाइले जीवनको नयाँ मोडमा पुर्याउने बताए । पछिल्लो समयसम्म चीनमा विश्वविद्यालयको सङ्ख्या कूल दुई हजार ८७९ पुगेको छ भने उत्कृष्ट विश्वविद्यालयको सङ्ख्या ३८ छ ।

यसरी सरकारी छात्रवृत्ति प्राप्त गरेर चीनमा अध्ययन गर्न जाने नेपाली यिनै ३८ विश्वविद्यालयमध्येमा जाने गर्छन् । जनवादी गणतन्त्र चीन सरकारले सन् १९५८ देखि नेपाली विद्यार्थीलाई छात्रवृत्ति वितरण प्रदान गर्दै आएको हो । (रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group