ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोकियोमा नेपाल फेष्टिवल भब्यरुपमा सम्पन्न


एबीसी न्यूज
१२ भदौ २०७५, मंगलबार   ११ : ३९   बजे
टोकियो,१२ भाद्र ।  जापानको राजधानि टोकियोमा आयोजना भएको दुई दिने ११ औ संस्करणको नेपाल फेष्टिवल २०१८ भब्य रुपमा सम्पन्न भएको छ । एनआरएनए जापान र नेपाली राजदूतावास जापानको संयुक्त रुपमा आयोजना भएको नेपाल फेष्टिवल २०१८ शनिवार र आईतवार टोकियोस्थित कोमाजावा ओलम्पिक पार्कमा सम्पन्न भएको हो । आयोजकले दिएको जानकारी अनुसार यस पटकको नेपाल फेष्टिवलमा अहिले सम्म कै अत्यधिक दर्शकको सहभागिता रहेको जनाएको छ ।
टोकियोको गर्मिलाई बेवास्था गर्दै सहभागि भएको दर्शकलाई आयोजकले आभार ब्यक्त गरेको छ । फेस्टिवल सम्पन्न गर्न सबैको सहयोगले नै सम्पन् भएकोमा संयोजक तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारीले फेस्टिवलमा सहयोग गर्ने सबैमा आभार ब्यक्त गर्नुभयो । यस वर्षको फेष्टिवलमा बौद्ध स्तूप दर्शकको आर्कषण रहेको थियो । फेष्टिवलमा नेपालीहरु बौद्ध स्तुपमा फोटो लिनेको संख्या अत्यधिक देखियो । त्यसैगरी नेपाल फेष्टिवलमा रहेको रक कम्वालिङमा भने विदेशहरुको आकर्षण रहेको थियो । नेपाल फेष्टिवलमा नेपाल आईडलको प्रस्तुती युवाहरुको आकर्षण रहेको थियो ।
जापानमा रहेका युवा पुस्ताको उपस्थिति नेपाल आईडलको प्रस्तुतिमा देख्न सकिन्थौ । नेपाल फेष्टिवलमा गैरआवासिय नेपाली संघ आइसीसी अध्यक्ष भवन भट्ट , एनआरएनए आइसीसीका पदाधिकारीहरु ,एनआरएनए हङकङ अध्यक्ष टीका गुरुङ, त्यस्तै कोरियाका अध्यक्ष लक्ष्मि गुरुङको विशेष उपस्थिती रहेको थियो ।
नेपाल फेष्टिवल २०१८ मा जापानस्थित विधिन्न संघसंस्थाको प्रतिनिधीहरु लगाएत जापानी तथा नेपाली साथै अन्य मुलुकका मानिस हरुको पनि वाक्लो सहभागि रहेको एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी दिनुभयो । नेपाल फेस्टिवलको उद्घाटन जापानका लागि नेपाली राजदूत प्रतिभा राणा ,नेपालका लागि जापानी पूर्व राजदूत मासासी ओगावा ,गैरआवासिय नेपाली संघ आइसीसीका प्रवक्ता भूषण घिमिरे ,यूवा संयोजक सुदन थापा ,एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामाले संयुक्त रुपमा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu