ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकको आर्थिक वृद्धिदर बढदै जाने अर्थमन्त्री खतिवडाको दाबी


एबीसी न्यूज
१३ भदौ २०७५, बुधबार   १२ : ४५   बजे

 

काठमाडौं १३ं भाद्र । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गर्नु भएको छ ।

अर्थमन्त्री खतिवडाले मुलुक सवल अर्थमन्त्री निर्माणको प्रथम चरणमा प्रवेश गरेको दावी गर्दै नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गर्नु भएको हो ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १९ औं वार्षिक साधारण सभालाई बुधबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले मुलुकको अर्थतन्त्र खतराको विन्दुमा नरहेको उल्लेख गर्दै सवल अर्थतन्त्रको सकारात्मक पक्षलाई केही नकारात्मक सूचकले ढाक्ने प्रयास गर्न नहुने पनि स्पष्ट पार्नु भयो ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सकारात्मक पक्षलाई ढाक्ने प्रयास गरे अर्थतन्त्र निर्माणका लागि आवश्यक आन्तरिक, बाह्य तथा निजी क्षेत्रका लगानीकर्ताहरुको मनोबल गिर्नेतर्फ पनि सम्बन्धित सबैलाई सचेत गराउनु भयो ।

अर्थमन्त्री खतिवडाले व्यापार घाटा हुन नदिन निर्यात व्यापारका लागि क्षमता वृद्धि गर्न पनि सरकारले अहिले पनि कतिपय आयातित बस्तुहरुमा जोड दिनु परेको पनि स्पष्ट पार्नु भयो ।

निर्यात व्यापारका लागि क्षमता अभिवृद्धि गर्न आवश्यक प्रविधि, कच्चा पदार्थ, परामर्शदातालगायतका बस्तुहरु नेपालको लागि अतिआवश्यक रहेको अर्थमन्त्री खतिवडाको तर्क छ ।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक वृद्धिदर बढदै जाने दावी पनि गर्नु भयो । उहाँले सरकारले मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको पनि स्मरण गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu