काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्ड रिपेयरिङ सेन्टर अब नयाँ ढंगबाट सुचारु हुने भएको छ ।
आइएसओ र सीटीईंभीटीबाट मान्यता प्राप्त भएसँगै नयाँ ढंगबाट कक्षा सञ्चालन गर्न लागिएको सेन्टका सञ्चालक दिपक पोखरेलले बताए । ल्यापटप तथा डेक्सटपका ‘चिप लेवल’ र मोवाइल, प्रिटरलगायतका सामानहरुको ट्रेनिङ गराईरहेको एलाइन्सले नेटवर्किङ सम्बन्धि ज्ञान पनि दिइरहेको छ ।
आइएसओ मान्यता प्राप्त एलाइन्सले अब भने नयाँ मेसिनहरुको सहायताबाट कक्षा सञ्चालन गर्न लागेको हो । यसअघि पनि नेपालमै पहिलो पटक वियू्य, सीआरओ, आईआरडी, डीसी जस्ता मेसिनको प्रयोग गरेर तालिम प्रदान गर्दै आएको एलाइन्सले अहिले इएनआईटी, आरटी ८०९ जस्ता मेसिन थप गरेर कक्षा सञ्चालन गर्दै आएको छ ।
भदौबाट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्९सीटीईभीटी० बाट समेत मान्यता पाइसकेको एलाइन्समा तालिम लिएका विद्यार्थीहरुले रोजगारीको अवसर समेत पाउने भएका छन् । छ महिना तालिम लिए पश्चात विद्यार्थीलाई एलाइन्सले नै रोजगारीको अवसर प्रदान गर्ने सञ्चालन पोखरेलले बताए ।
सिप र ज्ञान विना मानिस जीवन अन्धकारमय हुने भन्दै सञ्चालन पोखरेल भन्छन्– ‘आफूसँग सीप छ भने न त कसैको भर पर्नुपर्छ न त खाडी मुलुकको चर्को घाममा पसिना बगाउनु नै । त्यसैले म जो कसैलाई पनि सिप सिकेर दक्ष बन्न आग्रह गर्दछु ।’ एलाइन्सले सानो समस्यामा पनि धेरै पैसा लगानी गर्नु पर्ने बाध्यतालाई ध्यानमा राखेर दक्ष इन्जिनियर खटाएर एएमसी सर्भीससमेत प्रदान गर्दै आएको छ । कम्पनीले ल्यापटप तथा कम्प्युटरका सामानहरुको समेत विक्री वितरण गर्दै आएको छ ।
यस क्षेत्रमै रहेर काम गर्दै आएका तर पूर्ण दक्ष बन्न नसकेकाहरुका लागि पनि एलाइन्सले छुट्टै प्याकेज बनाएर तालिम प्रदान गरिरहेको छ । जसले गर्दा पहिले नै तालिम लिएकाहरुले पनि पछिल्लो समय विश्वमा भएका प्रविधिका परिवर्तनका बारेमा बुझ्न सक्ने सञ्चालक पोखरेल दावी गर्छन् ।
रोजगारीको अवसर नपाएर विदेश जान चाहनेहरु र प्लस टु पश्चात कम्प्युटर तथा इलेक्ट्रोनिक्स विषय लिइ अध्ययन गर्न चाहने विदार्थीहरुका लागि पनि एलाइन्सले छुट्टै प्याकेज बनाएर तलिम प्रदान गर्ने भएको छ । जसका कारण विद्यार्थीहरुलाई अध्ययनमा धेरै सहज हुने सञ्चालक पोखरेलको भनाई छ ।
शतप्रतिशत रोजगारीको ज्ञारेन्टी
एलाइन्स्ले ल्यापटप, कम्प्युटर, मोबाईल, प्रोजेक्टर लगायतका सामाग्रीको चिप लेबल ट्रेनिङमा रोजगारीसहित एकवर्षको प्याकेज सञ्चालन गरेको छ । आफैं स्वरोजगार बन्न चाहने युवा–युवतीलाई रोजगारीको ज्ञारेन्टी दिँदै आत्मनिर्भर बन्न सहयोग गर्दै आएको छ ।
विभिन्न देशमा आफूले १० वर्ष सम्म हाँसिल गरेको अनुभवबाट तालिम सञ्चालन गरि नेपालमा धेरै यूवालाई रोजगार दिलाईसकेको पोखरेलको भनाई छ । सर्किट लेबल, चिपलेबल सम्बन्धि समस्याको तुरुन्त समस्या पत्ता लगाउने र यो सम्बन्धि तालिम दिई आत्मनिर्भर बन्न सक्ने र विदेशमा पनि जुनसुकै ठाउँमा गएर पनि काम गर्न सक्ने गरी जनशक्ति उत्पादन गर्दै आएको छ ।
तालिम लिएको एक वर्षमै युवाहरुले राम्रो आम्दानी हुने गरि काम गर्न सक्ने बनाउने सञ्चालक पोखरेल बताउँछन् ।
आखिर एलाइन्स्मै किन रु
एलाइन्स नेपालको सम्बन्धमा हरेक टेष्टिङ प्रविधिबाटद्धारा तालिम दिने एकमात्र तालिम सेन्टर हो । यस सेन्टरमा तालिम सिक्ने विद्यार्थी विदेशका जुनसुकै कुनामा गएर पनि काम गरि आफूलाई आत्मनिर्भर बनाउन सक्ने भएकाले युवा–युवतीको पहिलो रोजाइ बन्दै गएको छ एलाइन्स ।
मोबाईल, कम्प्युटर ल्यापटपमा आउने जुनसुकै समस्या पनि मेसिनबाट २० मिनेट भित्रै पत्ता लगाई २४ घण्टाभित्र डेलिभरी गर्न सक्ने ग्यारेन्टी गरेको संस्थाले आफ्ना विद्यार्थीलाई पनि सोही लेवलकै तालिम प्रदान गरि पूर्ण दक्ष बनाउने बताएको छ ।
प्रबन्ध निर्देशक पोखरेल भन्छन्– ‘हाम्रो एउटै भनाई के हो भने, ७०–८० हजार रूपैयाँ हालेर किनेको मोबाईल ल्यापटप, प्रोजेक्टर बिग्रियो भने सिधै बोर्ड चेन्ज गर्ने होईन, थोरै खर्चको मर्मतबाट पनि चलाउन सकिन्छ भन्ने प्रमाणित गरिसकेका छौँ, अर्थात् थोरै रकममा पनि ठुूला किसिमका मर्मत गर्न सकिन्छ, हामी यस्तै दक्ष व्यक्ति उत्पादन गर्न निरन्तर लागि परिरहेका छौँ ।’
चिपलेबलको तालिम बेरोजगार युवालाई वरदान सावित
उच्च शिक्षा हाँसिल गरेर पनि रोजगारी पाउन नसकेर भौतारिरहनेको जमात नेपालमा ठूलो छ । एकातिर यस क्षेत्रमा दक्ष जनशक्ति नहुनु, अर्कातिर बेरोजगारीको समस्या झनै बल्झिरहेहको अवस्थामा यस किसिमको तालिम बेरोजगार युवाका लागि वरदान बन्ने गरेको छ ।
यस्ता सामाग्रीको बढ्दो प्रयोगले पनि दक्ष प्राविधिकको माग उच्च छ । तर माग अनुसार उत्पादन हुन सकेको छैन । एलाईन्समा आएर तालिम लिएपछि सानो लगानीबाट पनि ठूलो आम्दानी गर्न सकिने, सिप सिकेपछि आफ्नै नेटवर्क अथवा पसल गर्न चाहेमा सहयोग गर्नुका साथै सिकेर विदेश गएपछि पनि आफ्ना विद्यार्थीलाई अनलाईन सपोर्ट दिने गरिएको सञ्चालक पोखरेलको भनाइ छ ।
यो तालिम हरेक प्रकारका युवायुवती अथवा यहि फिल्डमा लागेका तर पूर्ण रुपमा काम गर्न नसक्ने, विदेश गएर राम्रो आम्दानी गर्न चाहाना भएका सबै खाले युवाहरूले यस किसिमको तालिम लिन सक्नेछन् । हाल एलाइन्सले चिपलेबल तालिम सँगै र आइफोन, सामसुङ, ल्यापटप, प्रोजेक्टर जस्ता सामाग्रीका जस्तासुकै समस्याका तत्काल समाधान गर्न सकिने गरि तालिम प्रदान गरिएको सेन्टरको भनाई छ ।
CTEVT द्वारामान्यताप्राप्त Training and Repair Center • ISO 2009: 2015 Certified Training and Repair Center • Book writer द्धारा Training • International Service Center भएको • हरेक Testing Equipment भएको • Training गराउँदा Real Problems लाई Face गराईगराईने • दक्ष नहुन्जेल सिक्न सकिने रFull course गर्नेलाईJob को Guarantee भएको • Laptop computer मा देखीने समस्या मात्र 20 minute भित्र पत्ता लगाउन सक्ने • India लगायत विभिन्न देशबाट Experience लिएका र यहि field मा 8 वर्ष देखि काम गरिरहेका Teacher द्धारा Training • आफुले पढेका Certificate Online बाट पनि निकाल्न सकिने
Alliance बाट प्रकाशित पुस्तकहरु:
1. Computer laptop chip level solution
2. Mobile software hardware solution
3. Card level desktop laptop and NetworkingProposed
4. Printer photocopy
5. Projector
एलाइन्स्का विशेषताहरुः–
१. हरेक टेष्टिङ प्रविधिबाट तालिम गराउने । तालिमपश्चात् रोजगारीको ज्ञारेन्टी दिने ।
२. कसैले आफ्नै पसल अथवा मर्मत, तालिम सेन्टर जस्ता व्यवसाय गर्न चाहेमा पूर्ण सहयोग गर्ने ।
३.विदेश जान चाहनेलाई विशेष कोर्स । विश्वका जुनसुकै कुनामा भएपनि अनलाइनबाटै सपोर्ट गरिने ।
४.अन्तर्राष्ट्रिय स्तरको ल्याब, पढाउँदा हरेक मोडलको मदरबोर्ड, सर्किट र रियल प्रब्लममा आधारित रहेर पढाइने ।
५. विद्यार्थी दक्ष नबनुञ्जेल अतिरिक्त शुल्क नलिइने ।
६. किताब लेखक तथा यस क्षेत्रका दक्ष प्राविधिकबाट समेत तालिम गराइने ।
७. सिटिइभिटीबाट मान्यता प्राप्त ।
८.आइएसओ २००९ र २०१५ बाट प्रमाणित ।
https://www.youtube.com/watch?v=JyFWremAmBY
प्रतिक्रिया दिनुहोस्