ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली र भारतिय प्रधानमन्त्री मोदीबाट पशुपतिनाथमा ४ सय बेडको धर्मशाला उद्घाटन


एबीसी न्यूज
१५ भदौ २०७५, शुक्रबार   ६ : ५३   बजे


काठमाडौं, १५ भाद्र । भारत सरकारको अनुदानमा २२ करोड रुपैयाँ लागतमा निमार्ण भएको ४ सय बेडको नेपाल भारत मैत्री धर्मशालामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन् ।
पशुपति क्षेत्रमा निर्माण भएको नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन गरेका हुन् ।

पशुपति मन्दिर क्षेत्रको १० हजार ६ सय २५ वर्गमिटरमा निर्माण भएको धर्मशाला तीन तलाको छ । धर्मशालामा एक बेड, दुई बेड, चार बेड, १० बेड र १२ बेडका कोठाहरु रहेका छन् ।

धर्मशाला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पशुपतिनाथले नेपाल र भारतको सभ्यता र संस्कृतिलाई जोडेको बताए । उनले बागमतीलाई सफा गरेर यहाँ स्नान गरेर पशुपतिनाथको दर्शन गर्न सकिने व्यवस्था गर्ने बताए । बाग्मती क्षेत्रको चौतर्फी विकास गर्ने काम सरकारको प्राथमिकतामा रहेको भन्दै ओलीले पशुपति क्षेत्र ज्ञान चिन्तन दर्शनको वास्तविक उद्गमस्थल भएको बताए ।
‘जतिबेला दुनियाँमा अन्धकार थियो । यस ठाउँमा ज्ञान संग्रह थियो । यसलाई ज्ञानभूमि, तपोभूमि चिन्तनभूमि भनिन्छ । लामो समयदेखि हाम्रा पुर्खाहरुले ज्ञान विज्ञान अध्ययन अनुसन्धान गरेको ठाउँ हो’ उनले भने ‘केही वर्षयता विभिन्न कारण पछाडि परेको छ । अब समय आएको छ । अब पुनर्जागरणको आवश्यकता छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ हिन्दु र वौद्ध धर्माबलम्बीको संगमस्थल भएको बताउँदै यस क्षेत्रको विकासमा भारतको सद्भावना र सहयोग रहने बताए । नेपाल भारत मैत्री धर्मशालाले नेपालको पर्यटन विकास र आर्थिक गतिविधिमा सहयोग पुर्‍याउने ओलीले बताए ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारत मैत्री धर्मशाला नेपाल र भारतबीचको मित्रताको स्तम्भ भएको पनि बताए । पशुपतिनाथको पाउमा बिमस्टेक सम्मेलन भएको भन्दै मोदीले नेपालका प्रधानमन्त्री ओलीको नेतृत्वमा बिमस्टेक सदस्य देशहरु सुख शान्तिको दिशामा गति लिने विश्वास व्यक्त गरे । ‘यति महत्वपूर्ण जिम्मेवारी ओलीजीले पाउनुभयो, उहाँलाई धेरै धेरै बधाइ छ’ मोदीले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group