ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्घर्ष र बलिदानपछि देश गणतन्त्रको युगमा प्रवेश गरेको छ :अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
१६ भदौ २०७५, शनिबार   ३ : १६   बजे

 

काठमाडौं,१६ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने विषय भएको बताउनुभएको छ ।

अध्यक्ष दाहालको निवास खुमलटारमा आज बिहान नेत्रविक्रम चन्द नेतृत्वको पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्षले भन्नुभयो, “कसैलाई रहर लागेर नेता हुनसक्ने होइन । इतिहास र जनताले आन्दोलनको क्रममा पार्टी, नेता र विचारको विकास गर्ने कुरा हो । लहडले नेता बनिंदैन ।” उहाँले आफूहरुले जनयुद्ध र शान्ति प्रक्रिया दुबैको नेतृत्व गरेको उल्लेख गर्दै लामो सङ्घर्ष र बलिदानपछि देश गणतन्त्रको युगमा प्रवेश गरेको बताउनुभयो ।

अध्यक्ष ‘प्रचण्ड’ले भन्नुभयो, “अब हामी सामाजिक न्याय र समृद्धिको एउटा प्रक्रियामार्फत समाजवादको तयारीमा छौँ ।” पार्टीमा नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उहाँले सबैलाई बिना पूर्वाग्रह उचित भूमिका दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी छोडेर अन्य पार्टीमा गएर अनुभव हासिल गरेका तपाईं नेता तथा कार्यकर्ताप्रति मेरो कुनै पूर्वाग्रह हुन्न ।”

नेत्रविक्रम चन्द नेतृत्वको समूह परित्याग गरी नेकपामा प्रवेश गर्नेमा गणतान्त्रिक खेलकूदका वरिष्ठ उपाध्यक्ष बिमला सङ्ग्रौला, उपत्यका ब्यूरो सदस्य रामप्रसाद घिमिरे, काठमाडौँ जिल्ला सदस्य डिल्लीराम थपलिया, गोपाल खरेल, भक्तपुर जिल्ला सदस्य राजराम लाथेजु, काठमाडौँ जिल्ला क्षेत्र नं २ का माधव लामिछाने र विष्णु तिमल्सेना रहनुभएको छ ।

उहाँहरुले चन्द नेतृत्वको समूहले क्रान्तिका नाममा अराजकता फैलाउने र कार्यकर्ता अल्मलाउने मात्र कार्य गरेको बताउनुभयो । अबको समाजवादी क्रान्तिको नेतृत्व नेकपाबाट मात्र सम्भव देखिएको भन्दै आफूहरु प्रवेश गरेको उहाँहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu