बुटवल, १७ भाद्र। बुटवलको एभरेष्ट बैंकबाट रकम जम्मा गर्दै गर्दा एक जना व्याक्तिको २ लाख २३ हजार रुपैया रकम लुटिएको छ ।
विपिचौकमा रहेको रहेको एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका एक व्याक्तिको आज विहान १० बजेटर ५ मिनेटमा बैंक भित्रै बाट रकम लुटिएको हो । नेपागञ्ज रोडमा रहेको दुर्गा प्लाष्टिक हाउस दिनेश ज्ञवालीको रकम लुटिएको हो ।
तीन जना मधेसी अनुहार भएका व्याक्तिहरुले बैंक भित्रबाटै रकम लुटेको बैंकको सिसिटीभी क्यामेरामा कैद भएको छ । लुटेर को हुन, कहाँका हुन भन्ने विषयमा थप अनुधान भैरहेको ईलाका प्रहरी कार्यालय बुटवल ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्