ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै थोकमा कर लगाएको “फेसबुके” हल्ला मात्र हो : अर्थमन्त्री खतिवडा


bhawani desk
१८ भदौ २०७५, सोमबार   २ : ५९   बजे


सप्तरी, १८ भाद्र । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सबै थोकमा कर लगाएको भन्ने कुरालाई फेसबुके हल्ला मात्र भएको बताएका छन् । उनले थोरै कर लगाउँदा पनि धेरै करको दर बढाएको भनेर फेसबुकमा निराधार हल्ला चलाइएको कुरालाई खण्डन गरेका छन् ।

करदाता सेवा कार्यालय राजविराजको सोमबार उद्घाटन गर्न राजविराज आएका मन्त्री खतिवडाले कर जस्तो गम्भिर विषयमा सरकार आफै सचेत रहेको भन्दै त्यस्ता फेसबुके हल्लामा नलाग्ने सम्पूर्ण उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् ।

राष्ट्र बैंकका पूर्व गर्भनर समेत रहेका मन्त्री खतिवडाले प्रदेश सरकारले दिएको सार्वजनिक बिदामा पनि बैंकहरु संचालन नै रहनुका कारण ती बैंकहरु संघीय सरकारको केन्द्रीय नीति अनुसार चल्ने भएकाले प्रदेश सरकारले दिएको विदा नमानेको स्पष्ट समेत पारेका  छन् ।

यस्ता विषयहरुमा प्रदेश सरकार र संघीय सरकार बसेर छलफल जरुरी रहेको बताउँदै ती विषय पनि चाडै नै निचोड निस्कने उनले आश्वासन दिए ।

गत भदौ १० गते जनैपूर्णिमा र भदौं १७ गते कृष्णाष्टमीको दिन प्रदेश नं. २ सरकारले सार्वजनिक बिदा दिँदा समेत बैंकहरु संचालन नै रहेको भन्दै प्रदेश सरकारका आर्थिक मामिला, योजना तथा कानुन मन्त्रीले नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयमा ताला लगाउँदै धर्ना बसेका थिए ।

अर्थ मन्त्री खतिवडाले ८ वर्ष अघि आफू एक निजि बैंकको उद्घाटन गर्न आएको बेला राजविराजमा बैंकहरुको अभाव रहेकोमा अहिले बैंकहरुको संख्या उल्लेखीय भएकोमा व्यवसायी वातावरण सुध्रिदै गएको जिकिर गरे ।

उनले संविधानमै स्थानीय सरकारलाई वित्तिय श्रोत ब्यवस्थापन र परिचालन गर्न सक्ने अधिकार स्पष्ट उल्लेख भएकाले त्यहि अधिकार प्रयोग गरी स्थानीय सरकारले कर नीतिमा हेरफेर गरेको चर्चा गर्दै त्यस्तो करवाट प्राप्त राजश्वको सदुपयोग हुनुपर्नेमा जोड दिए ।

उनले राज्य संचालन करबाटै हुने हो, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा राज्यले प्रदान गर्ने आधारभुत सेवाहरु नागरिकले तिर्ने करमै निर्भर हुने भएकाले यसमा कुनै कन्जुस्याई नगरी सवैले सहयोग गर्नु पर्ने बताए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका महानिर्देशक विष्णुप्रसाद नेपाल, अर्थमन्त्रालयका सचिव शिशिर ढुङ्गाना, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष किशोर प्रधान, प्रदेश सभाषद मनिष सुमन लगायतले पनि बोलेका  थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group