ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन जाँदै छन् अध्यक्ष प्रचण्ड भारत र चीन ?


एबीसी न्यूज
२० भदौ २०७५, बुधबार   ९ : ४९   बजे

काठमाडौं, २० भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न लागेको बताउनुभएको छ ।

आफ्नै निवास खुमलटारमा मंगलवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकाले त्यसका लागि थप वातावरण बनाउन भ्रमण गर्न लागिएको बताउनुभयो ।

“दुवै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रुपान्तरण गर्ने दिशामा मेरो भ्रमण केन्द्रित रहनेछ ।” उहाँले भन्नुभयो, “अध्यक्षका नाताले दुवै देशबाट निम्तो आएपछि भ्रमणको कार्यतालीका बनेको हो, मैले छिमेकी देशहरुसँग विगतमा भएको सहमति कार्यान्वयन र सरकारलाई सहयोग गर्ने विषयमा छलफल गर्नेछु ।” अध्यक्ष दाहाल यही भदौ २१ गते भारत भ्रमणमा जान लाग्नुभएको छ ।

भदौभित्रै पार्टी एकता
अध्यक्ष दाहालले पार्टी एकताको सम्पूर्ण काम यही भदौ मसान्तसम्म पूरा गर्ने अभियानमा लागेको बताउनुभयो । तल्लो तहदेखि माथिसम्म एकताका लागि गठन भएको कार्यदलहरुले प्रतिवेदन बुझाई सकेको बताउँँदै अध्यक्ष दाहालले पार्टीको स्थायी समिति र सचिवालयको बैठकले यसको अन्तिम टुङ्गो लगाउने बताउनुभयो । “तल्ला समितिमा कुनै समस्या भएर एकीकरणमा ढिलाई भएको होइन ।”

उहाँले भन्नुभयो, “एकताका लागि गठित कार्यदलहरुले प्रतिवेदन दिएका छन्, ठूलो पार्टी भएको अवस्थामा देखिने सामान्य असन्तुष्टिहरुको समेत व्यवस्थापन गर्ने गरी यसको टुङ्गो यही महिनाभित्र लगाइने छ ।” स्थानीय तहसम्मको पार्टी एकतापछि पार्टीले नयाँ गति लिनेसमेत उहाँको भनाइ छ ।

अभ्यास नपुग्दा समस्या

पछिल्ला दिनमा स्थानीय तहदेखि केन्द्रीय सरकारको भूमिकाबारे प्रश्न उठिरहेको विषयमा राखिएको जिज्ञासाका बारेमा अध्यक्ष दाहालले समग्र राजनीतिक परिवर्तनपछिको अवस्थाको अहिले नै संश्लेषण गर्न नसकिने बताउनुभयो ।

देशमा विगतको संरचना नरहेको र नयाँ सङ्घीय, समानुपातिक र समावेशी राज्य संरचनाको निर्माण भएको परिवेशमा पूर्ण कार्यान्वयनमा आउन समय लाग्ने स्पष्ट पार्नुभयो । करका विषयमा पछिल्लो समय उठेको विवाद र समस्याको समाधानका लागि समेत सरकार गम्भीर रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

अध्यक्ष दाहालले हरेक परिवर्तनपछि पुराना शक्ति र नयाँ चाहने शक्तिबीच जहिल्यै पनि सङ्घर्ष चर्किने बताउँदै स्थानीय तहहरुमा केही समस्या देखिए पनि कैयन सकारात्मक पक्षसमेत रहेको बताउनुभयो । स्थानीय तहमा अहिले हाम्रा लागि केही गरौँ भन्ने भावनाको विकास भएको छ । यसको परिणाम दीर्घकालमा देखिने स्पष्ट पार्नुभयो ।

सरकार र संरचनाबारे पूरै नकारात्मक चित्रण गर्ने समय आइनपुगेकोमा अध्यक्षले विशेष जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिजो सङ्घीयता, समानुपातिक समावेशिलगायतका विषय सैद्धान्तिक बहसमा थिए र त्यही अनुरुपको संविधान बन्यो, तर अब यसबारे व्यवहारमा वास्तविक बहस शुरु भएको छ ।”

सामाजिक मूल्यमा ह्रासप्रति चिन्ता

अध्यक्ष प्रचण्डले नेपाली समाजका कतिपय सांस्कृतिक, व्यवहारिक तथा नैतिक मूल्यमा देखिएको विचलनप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो समाजमा किन यस्तो प्रवृत्ति फैलियो, किन समाज हिंसात्मक भयो र विचलन हुँदैछ भन्ने विषयमा सबैले सोच्नु जरुरी छ । सरकार या नेता विचलन भए त अरू खोजाँैला तर समाज नै विचलन भएर स्खलित भए त्यो माथि उठाउन निकै गा¥हो पर्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन

भोटेकोसी बाढीको भयावह क्षति : मृत्यु हुनेको संख्या १६२ पुग्यो, ४१ घाइते (अपडेट)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन

भोटेकोसी बाढीको भयावह क्षति : मृत्यु हुनेको संख्या १६२ पुग्यो, ४१ घाइते (अपडेट)

सांसद धनञ्जय रेग्मीले दिए सरकारलाई पूर्वतयारीको चेतावनी-‘४७ एटमबमजस्ता हिमताल’

काठमाडौंसहित ९ जिल्लाका प्रमुख सडकखण्डमा यातायात अवरुद्ध

WHO Declares Uganda Free of Ebola After Recent Outbreak

Pro-Israel Democrats Appointed To Key Roles On House Foreign Affairs Committee

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu