ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसियाडमा विजेता प्याराग्लाइडिङ टिमलाई पोखरामा सम्मान


एबीसी न्यूज
२० भदौ २०७५, बुधबार   ११ : २६   बजे

पोखरा,२० भाद्र । १८ औं एसियाडमा भाग लिएर आएको प्याराग्लाइडिङ टिमलाई मंगलबार पोखरामा सम्मान गरेका छन । उनीहरलाई पश्चिमाञ्चल क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न संघसंस्थाले स्वागत तथा सम्मान गरेको हुन ।

उनीहरूलाई नेपाल हवाई खेलकुद संस्था, प्याराग्लाइडिङ पाइलट खेलकुद क्लब, नेपाल प्याराग्लाइडिङ एन्ड ग्लाइडिङ एसोसिएसन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, खेलकुद पत्रकार मञ्च आदि संघसंस्थाले सम्मान गरेका छन ।

सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पहिलेभन्दा अहिलेको बजेटले खेलकुदलाई प्राथमिकतामा राखेको दाबी गरेका छन ।

‘अहिलेको बजेटले अन्र्तराष्ट्रिय खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई आजीवन मासिक ५ हजार र ओलम्पिकमा भाग लिने खेलाडीलाई आजीवन मासिक ३ हजार दिने व्यवस्था गरेको उनले बताएका छन ।

मन्त्री विश्वकर्माले प्रत्येक खेलाडीको मनोबल बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन। ‘सरकार खेलाडीका लागि पायक पर्ने न्यूनतम वातावरण निर्माण गर्न लागि परिरहेको उनले बताए ।

उनले सरकारले लगानी गरे त्यसको प्रतिफल पाइने हुनाले खेलकुदमा लगानी बढाइरहेको सुनाए।मन्त्री विश्वकर्माले पोखरालाई एडभेन्चर र हाइअल्टिट्युड खेलका रुपमा चिनाउन चाहेको बताए।

‘पोखरालाई खेलकुद हबको रुपमा चिनाउन सरकारले गृहकार्य गरिरहेको  विश्वकर्माले बताएका छन । सरकारले प्याराग्लाइडिङमा मात्रै नभएर सबै खेलमा आवश्यक लगानी गर्न नसकेको बताए । ‘लगानी धेरै भए खेलाडीले अझै राम्रो गर्न सक्ने उनको भनाइ छ  ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गरिएको निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

भोटेकोसी बाढीले रसुवामा ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ पुल भत्किए

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu