ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली डिजाइनरका ड्रेसमा बिदेशी मोडल र्याम्पमा उत्रिने


एबीसी न्यूज
२० भदौ २०७५, बुधबार   ४ : ३१   बजे

काठमाडौं, २० भाद्र । फेशन डिजाइनर तथा फिल्म निर्माता पुनम क्षेत्री गौतमको आयोजनामा फ्रान्समा १२ अन्तर्राष्ट्रिय मोडल र्याम्पमा उत्रिने भएका छन् । बेलायत र अमेरिकापछि पुनम आफ्ना डिजाइनका साथ पेरिसको फेशन शोमा प्रस्तुत हुन लागेकी हुन् ।

सेप्टेम्बर १२ मा एसएम ग्लोबलले आयोजन गर्न लागेको ‘क्याटवक पेरिस रिभोल्युसन’मा पुनमले पश्चिमा पहिरनमा नेपाली पहिरनको फ्युजन गराएर मोडलमार्फत आफ्ना पहिरन प्रदर्शन गर्नेछिन् । ‘ न्यूर्योक र लण्डनमा नेपाली संस्कृति झल्काउने पहिरनलाई मोडलमार्फत प्रदर्शन गरेको थिईन । पेरिसको फेशन शोमा नेपाली संस्कृतिलाई पश्चिमा पहिरनमा फ्युजन गरेर भिन्न किसिमको डिजाइन प्रस्तुत गर्ने बताईएको छ । पश्चिमा पहिरनमा नेपाली संस्कृतिको फ्युजनको नयाँ कुरा देख्न पाउने भएका हुन ।



सेप्टेम्बर १२ बाट शुरु हुने फेसन शो दुई दिनसम्म चल्नेछ । शोमा पुनम नेपालको एक्लो प्रतिनिधि हुन् भने दर्जन बढी देशका फेसन डिजाइनरको पनि शोमा उपस्थिति हुनेछ ।  शोमा पुनमले फेब्रिकलाई मोन्टाइज गरेका १२ वटा डिजाइन प्रदर्शन गर्दैछिन् । प्रदर्शनसँगै पहिरन विक्रीका लागि उनले स्टल पनि राख्नेछिन् । यो फेशन शोमा अन्तर्राष्ट्रिय मोडलसँगै अन्तर्राष्ट्रिय सेलिब्रेटीको पनि विशेष उपस्थिति हुनेछ ।

पेरिसपछि उनी दुबइमा फेशन शो गर्दैछिन् । अन्तर्राष्ट्रिय फेशन शोमा आफ्नो सहभागिता उद्देश्यपरक रहेको उनले बताइन् । ‘भविष्यमा म नेपालमा फेशन कलेज र इनिष्टिच्यूट स्थापना गर्न चाहन्छु । त्यसका लागि विश्वमा फेशनको अवस्था के छ भनेर म अध्ययन गरिरहेकी छु,’ पुनमले खुलाइन्, ‘यूके, जापान, नर्वे, न्यूर्योकलगायतका धेरै देश घुम्दा त्यहाँका जनताहरु नेपालबारे अनविज्ञ छन् । यो अवस्थामा म नेपाली संस्कृतिको फेशनमार्फत नै नेपालको बारेमा चिनाउन चाहन्छु ।’

पुनम आफ्नो संस्था पुनम इन्टरटेनमेन्टले एसएम ग्लोबलसँग सहकार्य गर्दै दुई वर्षपछि नेपालमै अन्तर्राष्ट्रिय वृहत फेशन शोको आयोजना गर्ने तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu