ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उर्जामन्त्री बङगलादेश भ्रमणमा रहेकै बेला बङगला देशले सार्वजनिक ग¥र्यो खुशिको कुरा


एबीसी न्यूज
२१ भदौ २०७५, बिहिबार   ५ : ०७   बजे

ढांका, २१ भाद्र । बङगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन बङगलादेश भ्रमणमा रहेका बेला बङगला देशले यस्तो योजना सार्वजनिक गरेको हो । उसले २०४० भित्र ९ हजार मेगावाट नेपालबाट विद्युत खरिद गर्ने योजना अघि सारेको हो । बङगला देशको पावर, उर्जा र मिनरल रिसोर्स मन्त्रालय अन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट विद्युत आयात गर्ने उल्लेख छ ।

ढांकामा विहिवारबाट सुरु भएको पावर एण्ड इनर्जी विक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बङगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विजुली आयातगर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मुर्तरुप पाउने दाबी गर्नुभयो । उहाले भन्नुभयो ‘नेपाल र भुटानबाट विजुली आयातगर्ने हाम्रो कोशिस जारी छ, नेपालसंग यसैलाई मद्दत पुग्ने गरी हामीले गत महिना एमओयुमा हस्ताक्षर गरिसकेका छौ।’उहाले बङगलादेश,भारत र भुटानबीच छिट्टै त्रिपक्षीय समझदारीमा हस्ताक्षर हुने जानकारी समेत दिनुभयो ।

नेपाल र बङगलादेशबीच गत १० अगस्टमा इनर्जी कोअपरेशन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपालका उर्जामन्त्री वर्षमान पुन र बङगला देशका उर्जामन्त्री नसरुल हमिदबीचले उक्त समझदारीमा हस्ताक्षर गर्नुभएको थियो ।

उर्जामन्त्री पुनले नेपालमा उत्पादित विजुलीको लागी बजारको समस्या नपर्ने भन्दै नेपालको जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानीगर्न आग्रहगर्दै आउनुभएको छ ।

उर्जामन्त्री पुनले आगामी १० बर्षमा नेपालले १५ हजार विद्युत उत्पादनगर्ने सरकारको योजना रहेकोे भन्दै आफुहरु बङगला देशमा विद्यूत निर्यात गर्न तयार रहेको धारणा राख्नुभयो । ‘हामी १० बर्षमा १५ हजार विजुली उत्पादन गरिसक्छौ, त्यसमा ५ हजार विजुली बङगलादेशलाई बेच्न हामीलाई समस्या हुंदैन् ।’ मन्त्री पुनले भन्नुभयो ।

बङगलादेशको तीनदिने भ्रमणका क्रममा ढांका पुग्नु भएका मन्त्री पुनले उर्जा र जलविद्युत क्षेत्रमागर्ने सहकार्यबारे शुक्रबार आफ्ना समकक्षीसंग द्धिपक्षिय वार्ता गर्दै हुनुहुन्छ । उहाले शुक्रबार नै प्रधानमन्त्री शेख हसिनासंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu