ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कठिन तर गर्व गर्न लायक एक दशक


admin
१९ भदौ २०७४, सोमबार   ९ : २६   बजे

आज हाम्रो जन्मदिन । अनेकौं आरोह अवरोह पार गर्दै हामी सफलतापूर्वक एक दशकमा पुगेका छौं । गाउँ, सहर र दुनियाँ ब्युझाउने अभियानका साथ २०६५ भदौ १९ गतेबाट प्रशारण सुरु गरेको एबीसी टेलिभिजन आजबाट दशौं वर्षमा प्रवेश गरेको छ । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसाथ गर्दै वितेका ९ वर्षमा टेलिभिजनले २४ सै घण्टा समाचार र समाचारमूलक तथा विश्लेषणात्मक कार्यक्रमहरु प्रशारण गरिरहेको छ ।

गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी टेलिभिजन आज बाट १० औं बर्षमा प्रवेश गरेको छ । आज भन्दा ९ वर्ष अगाडि गाउँ, शहर र दुनियाँ बिउँझाउने अभियानका साथ भूउपग्रह प्रणाली मार्फत् एबीसी टेलिभिजनले प्रशारण सुरुआत गरेको थियो । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसाथ गर्दै एबीसी टेलिभिजनले २४ सै घण्टा समाचार र समाचारमूलक कार्यक्रमहरु प्रशारण गरिरहेको छ । २०६४ साल माघ २० गते सूचना तथा सञ्चार मन्त्रालयबाट प्रशारणको अनुमति पाएको एबीसी टेलिभिजन हाल संसारका एक सयभन्दा बढी देशमा हेर्न सकिन्छ । टेलिभिजनलाई अहिले संसारभरका दर्शकले इन्टरनेटमा समेत हेर्न सक्ने सुविधा प्राप्त छ । एबीसी नेपाल डट टीभी लगअन गरेपछि देश दुनियाका दैनिक गतिविधिदेखि टेलिभिजनको प्रत्यक्ष प्रसारणका लाइभ कार्यक्रमसमेत हेर्न पाइन्छ भने मन परेका कार्यक्रमको रेकर्ड समेत हेर्ने व्यवस्था मिलाइएको छ ।

टेलिभिजनको शुरुवाती यात्रा सहज भएपनि त्यसपछिको यात्रा भने संघर्षमय रहेको छ । दैनिक १८ घण्टासम्म पुगेको लोडसेडिङले भने यात्रामा चुनौती थपिएको थियो । लोडसेड्रिको समस्या भने अहिले निकै न्यून भएको छ । टेलिभिजनको यात्रा आधा दशक भन्दा अघि बढ्दै जाँदा यसप्रति आम दर्शकको माया र सद्भाव झन पछि झन बढ्दै गयो ।

विभिन्न चुनौतीको सामना गर्दै एबीसी टेलिभिजनले सबै क्षेत्रका ब्यक्तिहरुबिच आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । प्रशारणको दशौंैं वर्ष प्रवेश गर्दा हाम्रा दशर्कको दायरा पनि विस्तार भएको छ । एबीसी टेलिभिजनले प्रसारणको नवौंैं वर्षको अवधिमा आफुलाई फरक समाचार च्यानल तथा लाइभ टेलिभिजनको रुपमा स्थापित गर्न सफल भएको छ । बितेको ९ बर्षमा एबीसी टेलिभिनजले अल्वेज फस्ट अल्वेज फास्टको सिद्धान्त अनुरुप छिटो र सही समाचार सम्प्रेषण गर्न अभ्यासरत रह्यो । बिश्वका बिभिन्न क्षेत्रका बिभिन्न घटनालाई सधैंभरि यसले आफ्नो क्यामेरामा कैद गरि दर्शकसामु प्रस्तुत गर्न सफल बन्यो । एबीसी टेलिभिजनले सबै सामाचारलाई सधै समाचारको रुपमा मात्र प्रसारण गरेन जवकी सबै समाचारहरुको गहिरो बिश्लेषण गर्दै जनताको घरघरमा पुराउन सफल बन्यो । त्यसैले हामी चुनौतीका बीच पनि अटल छौं । हाम्रो यात्रा जारी छ ।

टेलिभिजनमा सुरु देखि रहेका उत्कृष्ठ समाचार तथा समाचारमूलक कार्यक्रमहरुलाई हामीले यसपाला पनि निरन्तरता दिंदैछौं । हाम्रा १४ वटा समाचार बुलेटिन प्रत्येक पलपलको घटनाक्रमसंग नजिक रहे । शनिवारबाहेक हरेक दिन राति ९ बजे प्रशारण हुने अपरेशन विग न्यूजले समाजको व्यतिथि, विसंगतिमाथि तिखो र विश्लेषणात्मक प्रहार गरिरहेको छ । आलोचनात्मक चेतसहितको विश्लेषणले यो कार्यक्रमले पृथक भूमिका खेल्न सफल भैरहेको छ । दैनिक सांझ ७ बजे विज्ञापनरहित समाचारको प्याकेज हट न्यूज एक्सप्रेसले दर्शकमा इन्स्ट्यान्ट प्रभाव पारेकै कारण आज हामी यो स्थानसम्म आइपुग्न सफल भएका छौं ।

हाम्रा समाचारले राजधानीलाई मात्र सम्बोधन गर्दैनन् । त्यो भन्दा बढी दुरदराजका घटनाक्रममा निगरानी गरिरहेका हुन्छन् । व्यूरो रिपोर्टरले यो भूमिका अनवरत निर्वाह गरिरहेको छ । राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विश्लेषणसहितको आउटलुक एबीसीको ब्राण्डका रुपमा स्थापित अन्तवार्ता कार्यक्रम बन्न सफल भएको छ । भने दैनिक रुपमा प्रसारण गरिने एबीसी वाच र स्ट्रेटटकले दैनिक घटनामा केन्द्रित रहेर विश्लेषण गर्ने काम गरेको छ । यतिमात्र होइन, हरेक आइतवार प्रशारण हुने समय चक्रले समसामयिक विषयमा जनतासंग जोडिएका सरोकारका प्रत्येक विषयलाई गम्भीरतापूर्व उठाउन सफल भएको छ । हामीले प्रसारण गर्ने कुनै पनि समाचार र समाचारमूलक कार्यक्रमहरु स्तरीय छन् भन्नेमा हाम्रो दावी सर्धै रहिरहनेछ । हरेक विहान ८:३० बजे प्रशारण हुने क्रस चेक होस या फिल्मी दुनियाको फिल्मी फेल्म, शिक्षा सम्बन्धी जानकारी होस या शेयर बजारको उतार चढाव होस यी सबै दिशातिर भूमिका निर्वाह गर्ने काम एबीसीले गरिरहेको छ । नेपाली टेलिभिजनकै इतिहासमा शेयर बजार सम्बन्धी कार्यक्रममा हामी पायोनियर बन्न पाउंदा हामी आफै गौरवान्वित छौं । आम सर्वसाधारणलाई स्वास्थ रहन सचेतना फैलाउने कार्यक्रम आवर हेल्थले स्वास्थ्य क्षेत्रमा एउटा छुटै पहिचान बनाउन सफल भएको छ ।

पछिल्लो दिनमा लोकप्रिय बन्दै गएका कार्यक्रम नेपाली समाजमा सबैभन्दा पछि पारिएका दलित समुदायको आवाज समेटिएको दलितका आवाज र जनजातिका आवाजलाई समेट्ने समावेशी सवालले हाम्रो अभियान निरन्तर जारी राख्न मद्दत गरेका छन् । एबीसी इन्द्रणीको घिन्ताङ घिन्ताङ संगीतप्रेमी जनसमुदायको धडकन बन्दा मनोरञ्जन सम्बन्धी कार्यक्रम अप विट र फिल्मी फ्ेल्म ले टेलिभिजनमा नयाँ भुमिका बनाउन सफल भएको छ । दैनिक रुपमा बिहान प्रसारण गरिने धार्मिक कार्यक्रम ज्योतिष दर्पणले धर्म संस्कृतिको संरक्षण गर्न पनि मद्दत पुऱ्याएको छ । आफ्नो मुल मन्त्रअनुसार नै तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय समाचार सम्पं्रेषण गर्नु एबीसी टेलिभिजनको मुख्य विशेषता हो, यही मन्त्रको निरन्तरताको कारण एबीसी टेलिभिजनले टेलिभिजन च्यानलहरुमा अलग परिचय बनाउन सफल भएको छ । यो परिचयलाई कायम राख्दै अझ फरक ढंगबाट आफ्ना प्रस्तुतिहरु तपाई दर्शकसामु पस्कने हाम्रो प्रयास जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group