ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

को हुन ८८ किलो सुनका मालिक ?


admin
१९ भदौ २०७४, सोमबार   १ : ३२   बजे

काठमाडौं, २० भदौं । विभिन्न देशका सुन तस्करले नेपाललाई ट्रन्जिट बनाउँदै आएको कुरा नौलो होइन । केही समयम अगाडी मात्र प्रहरीले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट ३३ किलो बरामद गरेको थियो । त्यो घटनाक्रम अझै सेलाउन पाएको छैन । विमानस्थलबाटै अवैध रुपमा ३३ किला नेपाल भित्रिएको भन्दै विरोध भइरहेको बेला प्रहरीले अहिलेसम्मकै सबैभन्दा बढी ८८ किलो सुन बरामद गरेको छ ।

नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले रसुवाको केरुङ नाकाबाट अवैध रुपमा भित्रिएको ८८ किलो सुन काठमाडौको क्षेत्रपाटीबाट बरामद गरेको छ । बा १७ च ६४२७ नम्बरको गाडीमा राखिएको अवस्थामा ४२ करोड बराबरको सुन सहित गाडी चालकलाई समेत प्रहरीले प्रक्राउ गरेको छ ।

रसुवाको केरुङ नाकाबाट अबैध सुन भित्रिएको बिषेश सूचना पाएपछि अपराध अनुसन्धान महाशाखाले डीएसपी नगेन्द्रप्रसाद उप्रेतीको नेतृत्वमा प्रहरी टोली परिचालन गरेको थियो । सुन बोकेको बा १७ च ६४२७ नम्बरको टाटा सफारीलाई प्रहरीले २ दिनदेखी निगरामीना राखेको थियो । तर, गाडी भने आइतबार दुई बजे राती मात्र पक्राउ परेको हो । क्षेत्रपाटीको सडकमै पार्किङ गरिएको अवस्थामा प्रहरीले गाडी, सुन र चालकलाई पक्राउ गरेको हो ।

चालकले गाडी चलाउन खोज्दा प्रहरीेले गाडी सहित मकवानपुर गढि गाउँपालिका वडा नम्बर ५ का २४ वर्षका मनोज अधिकारीलाई प्रक्राउ गरेको हो । गाडी र चालकलाई नियन्त्रणमा दिएर चेकजाच तथा खानतलासी गर्दा बा १७ च ६४२७ नम्बरको टाटा सफारीमा ८८ केजी सुन फेला परेको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी दिवेश लोहोनीले बताए । यो अहिलेसम्मकै ठूलो परिणाममा अवेध सुन वदामद भएको हो ।

प्रहरीका अनुसार बरामद गरिएको सुनको मुल्य ४३ करोड भन्दा बढि रहेको छ । उक्त सुन भिक्राउनका लागि चिनियाँ नागरिक र नेपालको केही समुहको हात हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले चालकमाथि थप अुनुसन्धान भइरहेको जनाएको छ । तर, सुन तस्करीमा क–कस्को संलग्नता रहेको छ भन्ने अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu