ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एन्फा कास्कीको ग्रास रुट फुटवल प्रशिक्षणमा ८ सय बढीको सहभागीता


एबीसी न्यूज
३० भदौ २०७५, शनिबार   ४ : २१   बजे

पोखरा ३० भाद्र । कास्की जिल्ला फुटवल संघ एन्फा कास्कीले शनिबारदेखी पोखरा रंगशालामा ग्रास रुट लेभलको प्रशिक्षण सुरु गरेको छ ।

अखिल नेपाल फुटवल संघ र फिफाको कार्यक्रम अन्तर्गत सुरु भएको प्रशिक्षण कार्यक्रममा कास्कीका ८ सय बढी वालवालिकाहरुको सहभागीता रहेको छ । कास्कीको ग्रामीण भेगदेखी लिएर पोखरामा रहेका विभिन्न विद्यालय, संघ सस्था तथा क्लवहरुमा आवद्ध ३५ बढी संस्थाका ८ सय वढी प्रशिक्षार्थीहरुले शनिवारदेखी पोखरा रंगशालामा ग्रास रुट लेभलको प्रशिक्षणमा सहभागीता जनाएका हुन ।

एन्फाले नेपालको ४५ वटा जिल्लामा सञ्चालन गरेको कार्यक्रम अनुसारनै कास्कीमा पनि ग्रास रुट लेभलको फुटवल प्रशिक्षणको सुरुवाता गरिएको एन्फा कास्कीका उपाध्यक्ष तथा ग्रास रुट लेभल फुटवल प्रशिक्षण कार्यक्रमका संयोजक इश्वर गुरुङ चन्द्रले वताए ।

पूर्व राष्ट्रिय फुुटवल खेलाडी समेत रहेका गुरुङले आफुहरुको पालोमा ग्र्रास रुट लेभलको फुटवल प्रशिक्षण नहुने गरेको र त्यो वेला फुटवलमा त्यति धेरै युवाहरुले चासो नदिने गरेको वताउदै एन्फाले सञ्चालन गरेको ग्रास रुट लेभलको फुटवल प्रशिक्षण कार्यक्रमले निकट भविष्यमा फुटवलका खेलाडीहरु उत्पादनमा ठूलो टेवा पुग्ने वताए ।

ग्रास रुट लेभलको फुटवल प्रशिक्षण कार्यक्रममा पोखरा पुगेका अखिल नेपाल फुटवल संघ एन्फाका मानार्थ उपाध्यक्ष शिक्षीत पराजुलीले एन्फाको केन्द्रिय कार्यक्रम अन्तर्गत खेलकुदको राजधानी पोखरामा पनि ग्रास रुट लेभलको फुटवल प्रशिक्षण सुरु भएको र प्रशिक्षणमा ८ सय वढी वालवालिकाहरुले सहभागीता जनाउदा आफुहरु निकै खुसी भएको वताए ।

एन्फाले हरेक जिल्लाबाट फुटवल खेलाडी उत्पादन गर्नुपर्छ भन्ने अभिप्रायले फिफाको कार्यक्रम लिएर नेपालको ४५ वटा जिल्लामा ग्रास रुट लेभलको फुटवल प्रशिक्षण शुरु गरेको वताउदै यस्ता कार्यक्रमले निकट भविष्यमा हरेक जिल्ला र स्थानिय तहबाट पनि राष्ट्रिय स्तरको फुटवल खेलाडी उत्पादनमा मदत पुग्ने समेत पराजुलीले वताए ।

शनिवार देखी सुरु भएको ग्रास रुट लेभलको फुटवल प्रशिक्षणमा पोखरा शहरमात्र नभइ छिमेकी गाउदेखी समेत फुटवल प्रेमी वालवालिकाहरुले सहभागीता जनाएका छन ।

पोखराको नजिकै रहेको पुम्दीभुम्दी स्तुपाबाट पोखरा रंगशालामा जारी ग्रास रुट लेभलको फुटवल प्रशिक्षणमा सहभागी हुन आएका ११ वर्षिय विनोद बिकले आफुहरु गाउमा खेतबारीमा फुटवल खेल्दै आइरहदा एन्फा कास्कीले आफुहरुजस्तो ग्रामीण भेगमा बसोवास गर्ने फुटवल प्रेमीहरुलाई पनि प्रशिक्षणमा सहभागीता गराउदा निकै खुसी लागेको वताए ।

बिकले एन्फाले यसरी ग्रास रुट लेभलको फुटवल प्रशिक्षणलाई निरन्तरता दिएर फुटवलको बारेमा थप जानकारी लिन पाउदा निकट भविष्यमा राष्ट्रिय स्तरको खेलाडी वन्न सक्ने विश्वास लिएको समेत वताए ।

ग्रास रुट लेभलको प्रशिक्षणका लागी पोखरा रंगशाला निर्माणधिन अवस्थामा रहेकाले केही अफ्ठेरो स्थिती आइपरेको भएतापनि पोखरा महानगरपालिका संघ सहकार्य गरेर विभिन्न वडाहरुमा खेलमैदान निर्माण गरी ८ वटा खेल मैदानलाई प्रयोग गरी ग्रास रुट लेभलको फुटवल प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने एन्फा कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu