काठमाडैं,३असोज । मलेसियामा बेचेको आशंकामा सात जना पक्राउ परेका छन् । विषाक्त रक्सी खाँदा मलेसियाको सेलाङगोरमा ६ जना नेपालीसहित १९ जनाको ज्यान गएको बताइएको छ ।
१०३० बोतल ह्विस्की, १७६७ वटा क्यान वियर पनि जफत गरिएको सेलाङगोर प्रहरीले बताएको छ । मलेसियाको कलांग भ्यालीमा रहेको विभिन्न स्टोरहरुमा बुधबार छापा मारिएको थियो । पक्राउ परेकाहरु रक्सी पसल सञ्चालक र कामदार रहेका छन् ।
मण्डले ह्विस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्विस्की स्थानीय बजारबाट किनेका थिए । मृत्यु हुने र बिरामी पर्ने कामदारले कडा रक्सी पिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहका अनुसार स्वास्थ्य विभाग र प्रदेशले गरेको अनुसन्धानमा बिरामीले क्वालालम्पुर सेलाङगोर क्षेत्रबाट लामो समयदेखि कडा खालको रक्सी किनेको खुलाशा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्