ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिविको दीक्षान्त फाराम अब अनलाइनबाटै हुने


एबीसी न्यूज
४ आश्विन २०७५, बिहिबार   १० : ३९   बजे

काठमाडौं,४ असोज ।  त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्नुपर्ने र बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हट्ने भएको छ । विगत वर्षमा विद्यार्थीले भदौ महीनामा फाराम भर्न आउनुपर्ने र पुनः दोस्रो पटक दीक्षान्त समारोहमा भाग लिन आउनुपर्ने बाध्यता थियो । भदौ महीनाभर फाराम भर्ने, शुल्क बुझाउने, रसिद काट्ने र फाराम सम्बन्धित फाँटमा बुझाउनेको भीड हुने गरेकामा अब यस्तो समस्या अन्त्य भएको उक्त कार्यालयले जनाएको छ ।

उपत्यका भित्र र उपत्यकाबाहिर रहने विद्यार्थीले समेत अनलाइनबाट सिधै फाराम भरेर नाम दर्ता गर्न सक्ने र दीक्षान्त समारोहमा भाग लिन एक पटक मात्र काठमाडौँ आउँदा हुने भएको छ ।

त्रिविद्वारा बुधबार प्रकाशित सूचनाअनुसार गत साउन ५ गतेको त्रिविसभा बैठकबाट पारित ५६औँ ग्रेस लिस्टमा समावेश गत शैक्षिकसत्रमा उत्तीर्ण ७३ हजार ९०१ विद्यार्थीका लागि आगामी पुस महीनामा हुने दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीले अनलाइनबाट फर्म भर्न सक्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो ।

दीक्षान्तका लागि छुट्टै पोर्टल

कार्यालय स्रोतका अनुसार दीक्षित हुने विद्यार्थीलाई फाराम भर्ने प्रयोजनका लागि छुट्टै वेब पोर्टल निर्माण गरिएको छ । जुन मोबाइलबाट समेत खोल्न सकिने खालको छ । विद्यार्थीले आफ्नो मोबाइलबाट धधध।तग।नचबमगबतष्यललउ।अयm मा लग इन गरेर आफ्नो विवरणहरु छ चरणमा प्रविष्ट गर्नुपर्नेछ ।

ई–सेवाबाटै शुल्क भुक्तानी

अनलाइन फाराम भर्ने विद्यार्थीले अब उक्त कार्यालयसंगै रहेको ग्लोबल आइएमई बैंकमा लाइनमा बसेर पैसा बुझाउनुपर्ने र लेखा शाखामा आएर नगदी रसिद लिनुपर्ने झन्झटबाट पनि छुटकारा पाउने भएका छन् ।

उनीहरुले अनलाइन फाराम भरिसकेपछि ई–सेवाको माध्यमबाट शुल्क पनि बुझाउन सक्नेछन् । ई–सेवाको खाता हुने विद्यार्थीहरुले सिधै भुक्तानी गर्न सक्नेछन् भने ई–सेवाअन्तर्गत खाता नहुने विद्यार्थीलाई त्रिविको पोर्टल सिस्टमले नै टोकन नं उपलब्ध गराउनेछ ।

विद्यार्थीले उक्त टोकन नं लिएर नजिकैको ई–सेवा प्रदान गर्ने पसलमा गएर तोकिएको दस्तुर तिर्नुपर्नेछ । दस्तुर तिरेको निस्सा विद्यार्थीले तुरुन्तै पाउनेछन् । त्यसपछि त्यहीँबाट विद्यार्थीलाई चार प्रकारका विवरण उपलब्ध हुन्छ ।

पहिलो, दस्तुर बुझाएको नगदी रसिद, जुन दीक्षान्त समारोहमा भाग लिन जानुअघि परीक्षा नियन्त्रण कार्यालयमा गई रुजु गराएर छाप लगाएपछि मूल प्रमाणपत्र प्राप्त गर्न आवश्यक हुन्छ र दोस्रो यो दीक्षान्त समारोहमा प्रवेश गर्ने निस्सा होे, जुन यसअघिका दीक्षान्त समारोहमा प्रवेशपत्रका रुपमा कार्यालयले उपलब्ध गराउँदै आएको थियो ।

भौगोलिक विकटताका कारण दुर्गम क्षेत्रमा रहेका र काठमाडाँै आएर दीक्षान्तको फाराम भर्न सम्भव नहुने विद्यार्थीले समेत यो प्रविधिको प्रयोगबाट अब फाराम भर्न सक्नेछन् ।

उनीहरुले अनलाइनबाट फाराम भरेर नाम दर्ता गरिसकेपछि सिधै दीक्षान्त समारोहमा भाग लिनका लागि मात्र काठमाडौँ आउँदा हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu