ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनशक्ति अभावले न्यायिक क्षेत्रमा समस्या


एबीसी न्यूज
४ आश्विन २०७५, बिहिबार   १० : ४६   बजे

वीरेन्द्रनगर, ४ असोज । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिश हरिकुमार पोखरेलले न्यायिक क्षेत्रमा दक्ष जनशक्ति अभावका कारण कानूनी कारबाहीमा समस्या परिरहेको बताउनुभएको छ ।

पब्लिक एकेडेमी माध्यमिक विद्यालयले बुधबार वीरेन्द्रनगरमा कानून सङ्कायका विद्यार्थीका लागि आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

विगतदेखि नै कानुन पढेका जनशक्तिको अभावका कारण कानूनी काम कारबाहीमा बाधाअड्चन थपिँदै आएको छ भन्दै मुख्य न्यायाधिश पोखरेलले आवश्यकतानुसार जनशक्ति नहुँदा न्यायिक निर्णयमा ढिलाइ हुने, कामको चाप बढ्नेजस्ता समस्या यथावत रहेको गुनासो गर्नुभयो ।

जिल्लामा पहिलोपटक माध्यमिक तहमा कानून विषय अध्यापन भएपछि दक्ष जनशक्ति आपूर्तिमा सहज हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइरालाले कानून व्यवसायी समाज र सभ्यताको रक्षक भएको चर्चा गर्दै संसारमा महत्वपूर्ण मानिएका दुई कोटमध्ये सेतो कोटले मानिसको जीवन रक्षा गर्दछ भने कालो कोटले समाज र सभ्यताको रक्षा गर्दछ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

बालेनमाथि सुदन किरातीको व्यंग्य– ‘देशको चाबी पाए, ड्राइभर चाहिँ एम्बुलेन्सको परेछ’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu